शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

रास्वपा पार्टी कार्यालयमा साइकललाई प्रवेश निषेध, पुष्कर शाहले खोलिदिए डीपीको मुखुण्डो

रास्वपा पार्टी कार्यालयमा साइकललाई प्रवेश निषेध, पुष्कर शाहले खोलिदिए डीपीको मुखुण्डो

  • मिडिया डबली
  • सोमवार, बैशाख १८ २०८०

  • 2.4K
    SHARES

  • रास्वपा पार्टी कार्यालयमा साइकललाई प्रवेश निषेध, पुष्कर शाहले खोलिदिए डीपीको मुखुण्डो

    काठमाडौं - विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय र उपसभापति डीपी अर्यालको मुखुण्डो खोलिदिएका छन् ।

    आफूलाई पार्टी कार्यालयमा बोलाएर पछि मोबाइल नउठाएको भन्दै शाहले घन्टी घरको वास्तविकता खोलिदिएका हुन् । शाहले आफूले साइकल चढेकै कारण रास्वपाको कार्यालयमा प्रवेश नपाएको बताएका छन् ।

    उनले सोमबार सामाजिक सञ्जालमा ‘घन्टी घरको कथा’ भन्दै ‘साइकललाई घन्टी घरभित्र प्रवेश छैन’ भनेको उल्लेख गरेका छन् ।

    रास्वपा उपसभापति तथा सांसद डीपी अर्यालको निमन्त्रणामा बसुन्धारामा साइकलमार्फत पुग्दा सुरक्षा गाडले साइकल लिएर भित्र पस्न नदिएको उनको भनाइ छ ।

    ‘माननीय डीपी अर्यालले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो, अध्यक्ष ज्युलाई नि भेट्नु पर्यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ, पालेज्युले साइकललाई घन्टी घर भित्र प्रबेश छैन भन्नु भो, ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसे, भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ, मैले त्यो बारे प्रश्न गरेँ, पालेले गाडी र मोटर साइकल त पाउँछ भने, पालेज्यूको आदेश मानेर म बाहिर निस्केँ, माननिय डि पि अर्याललाई फोन गरेँ, फोन उठेन, थोत्रो कोट भिजाउँदै घर फर्केँ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १८ २०८००२:४३:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend