काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र पक्षधरप्रति आक्रोश पोखेका छन्।
अखिल नेपाल किसान महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थी र अज्ञानीले राजतन्त्र मान्ने गरेको टिप्पणी गरेका हुन्।
‘राजतन्त्र भनेको कि फटाहले मान्छ, स्वार्थी फटाहले। कि मुर्खले मान्छ कि अज्ञानीले,’ ओलीले भने, ‘केही नबुझ्ने अज्ञानी वा स्वार्थ, साधना गर्ने अज्ञानीले राजतन्त्र मान्छन्।’उनले दलालहरूले पनि राजतन्त्र मान्ने गरेको आरोप लगाए। ‘दलालहरू र बुद्धि नभएकाहरूले पनि राजतन्त्र मान्छन्,’ ओलीले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।