काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्लीमा उपचार गराएर आज स्वदेश फर्किने भएका छन् ।
एम्स अस्पतालले आजै उनलाई डिस्चार्ज गर्ने र राति ८ बजेको उडानबाट स्वदेश फर्किने राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।
केही दिनदेखि राष्ट्रपतिको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेकाले चिकित्सकहरूले आजै डिस्चार्ज गर्ने निर्णय भएको कार्कीले बताए ।
पेटसम्बन्धी समस्याका कारण पौडेल टिचिङ अस्पतालमा भर्ना भएका थिए । चिकित्सकहरूले विदेश लैजान सिफारिस गरेपछि उनलाई नयाँ दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।
आज डिस्चार्ज भए पनि अझै एक सातासम्म चिकित्सकहरूले आराम गर्नुपर्ने सल्लाह दिएका छन् । राष्ट्रपति पौडेलको देबे्रपट्टि छातीको मुनि पानी जमेकाले दुईपटक निकालिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।