काठमाडौं– बारा–२ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टी जसपाको एरियामा पनि आफूले राम्रो मत ल्याएको भन्दै चुनाव जित्ने दाबी गरेका छन् ।
करैयामाई गाउँपालिकाको मत गणना भइरहँदा कुशवाह र जसपाका अध्यक्ष उपेन्द्र यादवपछि तिव्र प्रतिस्पर्धा छ । कहिले यादवले त कहिले कुशवाहले अग्रता लिइरहेका छन् ।
तर करैयामाई जसपाको क्षेत्र भए पनि आफूले राम्रो मत पाएको कुशवाहले बताए ।
‘करैयामाई १, २ र ३ भनेको जसपाले जितेको ठाउँमा मेरो मत नै अघि देखिएपछि यो मलाई बोनस आएको प्रमाणित नै गरिसक्यो,’ कुशवाहले खुसी हुँदै भने, ‘अब अन्त गन्दा अघिपछि हुन्छ । हुँदै जाँदाखेरि अन्तिममा महागढिमाईले सबैलाई पछार्दिन्छु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।