आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गण्डकीमा ढल्यो एमालेको सरकार, अब कांग्रेसको बन्ने 

गण्डकीमा ढल्यो एमालेको सरकार, अब कांग्रेसको बन्ने 

  • मिडिया डबली
  • शनिवार, बैशाख ९ २०८०

  • 2.9K
    SHARES

  • गण्डकीमा ढल्यो एमालेको सरकार, अब कांग्रेसको बन्ने 

    पोखरा– गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ। शनिबार प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि अधिकारी नेतृत्वको एमाले सरकार ढलेको हो।

    एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभा बैठकमा विश्वासको मत माग गरेका थिए। तर उनले विश्वासको मत पाउन नसकेका हुन्।

    ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीको पक्षमा २४ मत परेको थियो। उक्त संख्या प्रदेशसभाको बहुमत नभएको भन्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएको प्रदेशसभाले घोषणा गरेको छ। अधिकारीलाई एमाले, स्वतन्त्र र राप्रपाका सांसदले मतदान गरेका थिए।

    मुख्यमन्त्री अधिकारीको विपक्षमा ३५ मत परेको छ। मतदान प्रक्रियामा ५९ जना सहभागी थिए। निर्णायक अवस्थामा मात्र सभामुखलाई मताधिकार हुन्छ। अधिकारीको विपक्षमा कांग्रेस र माओवादीका सांसदले मत दिए।

    यसअघि अधिकारीलाई नेकपा माओवादी र राप्रपाले समर्थन गरेका थिए। तर संघमा नयाँ गठबन्धन बनेपछि गत चैत १० गते माओवादीले अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो। अब कांग्रेसका सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend