शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

साढे दुई वर्षपछि संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री र विपक्षी दलका नेता सँगै

साढे दुई वर्षपछि संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री र विपक्षी दलका नेता सँगै

  • मिडिया डबली
  • बुधवार, बैशाख ६ २०८०

  • 2.3K
    SHARES

  • साढे दुई वर्षपछि संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री र विपक्षी दलका नेता सँगै

    काठमाडौं- साढे दुई वर्षपछि संवैधानिक परिषदको पूर्ण बैठक बसेको छ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसेको हो ।

    बैठकमा प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधान एवं कानुनमन्त्री पूर्णबहादुर खड्का उपस्थित थिए । प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीच तत्काल प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा यसअघि नै सहमति जुटेको थियो । ओली निवास बालकोटमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र सभामुख घिमिरे सहभागी थिए ।

    साढे दुई वर्षअघि केपी ओली प्रधानमन्त्री हुँदा अन्तिमपटक संवैधानिक परिषदको पूर्ण बैठक बसेको थियो । जसमा कांग्रेस सभापति एवं तत्कालीन विपक्षी दलका नेता देउवा सहभागी थिए । त्यसयता सत्ता पक्ष र विपक्षी पार्टीबीच टसल हुँदा परिषदको बैठक प्रभावित हुँदै आएको थियो ।

    आजको बैठकमा धानन्यायाधीश नियुक्तिबारे छलफल भए पनि निर्णय भने भएन । अर्को बैठकमा निर्णय गरिने राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले जानकारी दिएका छन् । यद्यपि सौहार्दपूर्ण रूपमा परिषदको बैठक बस्न थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ६ २०८०१२:५५:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend