काठमाडौं- एमाले अध्यक्ष केपी ओली भाइरल ज्वरोका कारण निवासमा आराम गरिरहेका छन् । गृहजिल्ला झापाबाट फर्केपछि आफू अस्वस्थ भएको उनले आइतबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए । उनी बिरामी भएपछि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट गएनन । तर सभामुख देवराज घिमिरे भने ओली निवास पुगेका थिए ।
प्रधानमन्त्रीकै आह्वानमा बालकोटमा तीन दलको महत्वपूर्ण बैठक आज बस्दैछ । सभामुख घिमिरेसहित तीन दलका शीर्ष नेताबीच टीआरसी विधेयक संसदमा अगाडि बढाउनेबारे छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । बालकोट पुगेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ ।
केही दिनदेखि संबैधानिक परिषद्सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल भइरहेको छ । एमाले अध्यक्ष केपी ओलीले फास्ट ट्रयाकबाट टीआरसी विधेयक बढाउन अस्वीकार गरेपछि प्रधानमन्त्री प्रचण्ड संकटमा परेका हुन्।
सोही कारण उनी ओलीकै निवासमा सभामुखसहितको शीर्ष नेताको बैठक बोलाइएको हो । शीर्ष नेताबीच टीआरसी विधेयकबारे सहमति जुटेमा भोलि मंगलबार बस्ने संसद् बैठकमा विधेयक अघि बढाइनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।