काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रधानमन्त्रीसँग बैंकको ब्याजदर घटाउन आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो आग्रह गरेका हुन् ।
अर्थतन्त्र राम्रो अवस्थामा नरहेको भन्दै उनले ब्याज न्यूनीकरणले धेरै समस्या समाधान गर्ने बताए । निजी क्षेत्रको सहयोगबाटै समृद्धि हासिल हुने भन्दै मन्त्री रिजालले भने, ‘जे पर्छ पर्छ म प्रधानमन्त्रीलाई भन्छु ब्याजदर घटाइदिनुस् ।’ उनले अन्तर सरकारी समन्वय बढाउने पनि बताए ।
अर्थतन्त्र राम्रो अवस्थामा नरहेको भन्दै उनले निजी क्षेत्रको सहयोगबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।