इटहरी– इटहरीका मेयर हेमकर्ण पौडेलले भ्रम छरेर व्यक्तिगत रुपमा बदनाम गराउने ढंगले ग्यालेक्सी फोर के टेलिभिजनले समाचार प्रकाशन गरेको बताएका छन्। मेयर पौडेलले आफ्नो एक जना स्वकीय सचिवबाहेक सचिवालयमा कोही नरहेको र उपमहानगरपालिकालाई चाहिने जनशक्ति विधि, प्रक्रिया र नियम अनुसार राखिएको प्रस्ट पारेका छन्।
ग्यालेक्सी फोर के टेलिभिजनले मंगलवार साँझ मेयर पौडेलको सचिवालयमा १० जनालाई ऐननियम मिचेर मनोमानी ढंगले नियुक्ती गरि आर्थिक भार बढाएको समाचार प्रसारण भएको थियो । ‘मानिसको प्रतिष्ठाको ख्याल गर्नुपर्छ, एक इन्च पनि विधि, प्रक्रिया र नियम मिछेको छैन,’ उनले फेसबुक लाइफमार्फत प्रस्टयाएका छन, ‘नियम, ऐन मिचेर दस जना सचिवालयमा राखेको पुष्टि गरि दिनुहोस्, जस्तोसुकै कारबाही भोग्न पनि तयार छु ।’ पौडेलले केही दिनअघि १२ औं नगर सभा स्थगित भएको अवस्थामा १३६ औं नगरसभा स्थगित भनी समचार प्रसारण गरिएको र प्रसारण गरिएका कुनै पनि कुरा सत्य तथ्य नभएको प्रस्ट्याएका छन् ।
‘ग्यालेक्सी फोर केमा प्रसारण भएको समाचारको विषयमा प्रमाणसहित जस्तो सुकै खुल्ला बहस गर्न तयार छु,’ उनले फेसबुक लाइभमा भनेका छन, ‘समाचार पत्रकारिताको आधारभूत सिद्दान्तलाई समेत ख्याल नगरि बिना सन्तुलन मनोमानी ढंगले प्रसारण भएको छ, सत्य र तथ्यका आधारमा पत्रकारिता गर्न मेरो अनुरोध छ।’
स्थानीय सरकारले स्थानीय आवश्यकताको पहिचान अनुसार सोही अनुसारको जनशक्ति र विज्ञ राख्न सक्ने पौडेलले प्रस्ट पारेका छन् । ‘जे जे भएको छ, ती सवै कुरा कार्यपालिकाबाट निर्णय भएका छन, मेयरप्रति राजनीतिक आधारमा पूर्वाग्राही भएर समाचार प्रसारण गरिएको छ,’ उनले भनेका छन, ‘नागरिकमाथि इटहरीबासीमाथि भ्रम छरेको छ । नगरबासीमाथि सधैंभरी ऋणी छु, तपाईंहरुले अपेक्षा गरेभन्दा राम्रो काम गरेर निस्किन्छु । कसैको शिर निहुरिन दिन्न ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।