काठमाडौं- प्रदेश सरकारको लफडाको असर संघीय मन्त्रिपरिषद् विस्तारमा परेको छ । बागमती, लुम्बिनी र कोसी प्रदेशमा माओवादी केन्द्रका सांसदले निहुँ खोजेपछि संघीय सरकारलाई पूर्णता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असफल भएका छन् । प्रचण्डले शुक्रबारभित्रै सरकारलाई पूर्णता दिने घोषणा गरेका थिए ।
विश्वासको मत लिएको भोलिपल्टै गोरखा पुगेर सबै प्रदेश सरकारमा नेतृत्व आलोपालो हुने घोषणा गरेका प्रचण्डकै दल माओवादीले बागमती, कोसी, लुम्बिनी र गण्डकी प्रदेशमा कांग्रेसलाई सरकारको नेतृत्व दिन आनाकानी गरिरहेको छ । अहिले माओवादीका बागमती र कर्णालीमा मुख्यमन्त्री छन् । सबै प्रदेशमा तेस्रो र एक ठाउँमा दोस्रो दल रहेको माओवादीले बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा ठूलो दल रहेको नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिन मानिरहेका छैनन् । सोही कारण कोसी, गण्डकी, लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन चाहेका छैनन् ।
केन्द्रमा समीकरण फेरिएसँगै स्वतः प्रदेशमा पनि समीकरण फेरिनुपर्ने हो । तर अहिलेसम्म कतै पनि त्यस्तो संकेत देखिएको छैन । लुम्बिनीमा कांग्रेसले स्वाभाविक मुख्यमन्त्री पाउनुपर्नेमा माओवादीको जोखबहादुर महरा पक्षले निहुँ खोजिरहेको छ । महरा पक्षले एमालेका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिन नहुने अडान राखिरहेको छ ।
बागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि त्यही बाटोमा हिँडेका छन् । सुदूरपश्चिम प्रदेशमा अहिले कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् । तर शाह नेतृत्वको सरकारले पूर्णता पाएको छैन । माओवादीका खगराज भट्ट पक्षले त्यहाँ भाँजो हालिरहेको छ । कांग्रेसले प्रदेशको लफडा टुंगिएपछि मात्र केन्द्रमा सरकारलाई विस्तार गर्ने मनशाय राखेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।