आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यो सरकार चलाउने जिम्मेवारी कांग्रेसकै होः कोइराला 

यो सरकार चलाउने जिम्मेवारी कांग्रेसकै होः कोइराला 

  • मिडिया डबली
  • मंगलवार, चैत्र ७ २०७९

  • 2.6K
    SHARES

  • यो सरकार चलाउने जिम्मेवारी कांग्रेसकै होः कोइराला 

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकारलाई राम्ररी चलाउने जिम्मेवारी कांग्रेसकै भएको बताएका छन् । मंगलबार कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा उनले कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताए ।

    ‘प्रचण्डजीको सरकार छ, १० वटा दल छ भनिन्छ । त्यो १० वटा दललाई सम्हालेर अगाडि बढ्ने जिम्मेवारी पनि नेपाली कांग्रेसकै हो’, उनले भने, ‘नेपाली कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको छ । यो सरकारलाई राम्ररी चलाएर, देखाएर अगाडि बढ्न सक्छौं भन्ने विश्वास पनि हामीले लिएका छौं ।’

    नेता कोइरालाले आर्थिक रुपमा मुलुक कठिन अवस्थामा रहेको भन्दै कांग्रेसलाई गल्ती गर्ने छुट नभएको पनि बताए । ‘नेपाली कांग्रेस १–२ दिनभित्रै हामीहरु सरकारमा जाँदैछौं, अब नेपाली कांग्रेसलाई गल्ती गर्ने छुट छैन भने पनि हुन्छ । कुनै किसिमको कमी कमजोरी कांग्रेसबाट हुनु हुँदैन’, कोइरालाले भने, ‘यी सबै कुरालाई नेपाली कांग्रेसले अत्यन्तै गम्भीर किसिमले लिएका छौं । र त्यसलाई अगाडि बढाउने जिम्मा अबको कांग्रेसबाट जो नेतृत्व लिएर जानुहुन्छ उहाँहरुको जिम्मामा छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend