काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घुमाउरो भाषामा उपराष्ट्रपति चुनावमा सांसद् खरिद गर्न निर्देशन दिएका छन्। उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्नैपर्ने बताएका ओलीले एमालेका सांसदहरुलाई अन्य दलका सांसद्लाई खरिद गर्न घुमाउरो निर्देशन दिएका हुन्। उनले शाक्यलाई जिताउन हरेक सांसद र प्रदेशसभा सदस्यले अर्को एक–दुई जनालाई मिलाउनुपर्ने उनले बताए ।
एमाले सांसद तथा प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले सामान्य हिसाबमा एमालेको शक्ति कमजोर रहेको बताए । तर शाक्यले जित्नैपर्ने भन्दै उनले भने, ‘यसका लागि सबै पार्टीसँग कुरा गरिरहेका छौं । तपाईंहरुले पनि एकदुई जना मिलाउनुस्, अरुलाई पनि मिलाउनुस् । यसमा ह्वीप उल्लंघनको प्रश्न छैन ।’
उनले सांसद र प्रदेशसभा सदस्यको मत बदर हुन नहुने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।