काठमाडौं– उपराष्ट्रपतिका उमेदवार रामसहाय प्रसाद यादवको उमेदवारी कायम भएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उमेदवारी विरुद्ध जाँचबुझपछि उमेदवारी कायम भएको जानकारी दिए ।
राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपति पनि पुरुष हुन नपाउने भन्दै रामसहायको उमेदवारी विरुद्ध उमेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले उजुरी दिएका थिए ।
शाक्य एमाले र झा जनमतका उमेदवार हुन् । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । मधेसी समुदायबाट यादवले उमेदवारी दिएका थिए ।
उपराष्ट्रपतिमा जसपाकै प्रमिला यादवको पनि उमेदवारि परेको छ । उमेदवारी फिर्ताको समय दिएर आजै अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
यसैबीच जसपाले निर्वाचन आयोगले संविधानसम्मत निर्णय गरेको भन्दै अर्को उमेदवारी फिर्ताबारे तत्कालै निर्णय गर्ने बताएको छ । सो पार्टीका नेता प्रदीप यादवले आयोगको निर्णय स्वागतयोग्य भएको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।