आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

म शितल निवासबाट निस्कँदा जाम हुँदैन, सास्ती व्यहोर्नु पर्दैनः पौडेल 

म शितल निवासबाट निस्कँदा जाम हुँदैन, सास्ती व्यहोर्नु पर्दैनः पौडेल 

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २५ २०७९

  • 4.2K
    SHARES

  • म शितल निवासबाट निस्कँदा जाम हुँदैन, सास्ती व्यहोर्नु पर्दैनः पौडेल 

    काठमाडौं– राष्ट्रपति उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएमा शितल निवासबाट बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु नपर्ने बताएका छन्।

    राष्ट्रपति चुनावका लागि मतदान गर्न नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसर पुगेका पौडेलले आज पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति शितल निवासबाट बाहिर निस्कँदा सडकमा जाम नहुने बताए।

    उनले आफू राष्ट्रपति निर्वाचित भएमा उदाहरणीय काम गर्ने बताएका थिए। ‘शितल निवासबाट राष्ट्रपति बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु पर्दैन,’ उनले भने।

    उनले ८ दलका सांसदहरूले आफूलाई सहयोग गर्ने र निर्वाचित हुनेमा आफू ढुक्क रहेको प्रतिक्रिया दिएका छन्। कांग्रेससहित ८ दलको समर्थनमा पौडेल गत फागुन १३ मा राष्ट्रपति उम्मेदवार भएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend