आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेको बटमलाइनः कांग्रेससँग सत्ता सहकार्य वा मध्यावधि निर्वाचन 

एमालेको बटमलाइनः कांग्रेससँग सत्ता सहकार्य वा मध्यावधि निर्वाचन 

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण २३ २०७९

  • 5.8K
    SHARES

  • एमालेको बटमलाइनः कांग्रेससँग सत्ता सहकार्य वा मध्यावधि निर्वाचन 

    काठमाडौं- सोमबार आफ्ना पार्टीका सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले संविधान र लोकतन्त्र बचाउन नेपाली कांग्रेससँग सहकार्य हुन सक्ने बताए । अधिकांश समय राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध खर्चिएका ओलीको कांग्रेससँग सहकार्य गर्नसकिने अभिव्यक्तिले भित्रभित्र केही पाकिरहेको संकेत देखिएको छ ।

    ओलीको यो अभिव्यक्ति आउनु र कांग्रेस महामन्त्री गगन थापाले केही दिनअघि एमालेसँग तत्काल कुनै सहकार्य हुन नसक्ने बताउनुले भित्रभित्र कसैले केही खिचडी पकाइरहेको पुष्टि भएको छ । यदि कांग्रेसले आठदलीय गठबन्धनलाई कसिलो बनाएर गएमा पाँच वर्ष नै प्रतिपक्षमा बस्नुपर्ने भयले पनि एमाले नेताहरूले राष्ट्रपतिको निर्वाचनलगत्तै राजनीतिक कोर्ष परिवर्तन हुनसक्ने बताइरहेको बुझिएको छ । पुस १० गते नै एमालेबाट ठूलो धोका पाएको कांग्रेस कांग्रेसलाई उचालेर एमाले अहिले मध्यावधि निर्वाचनको पासो थाप्ने तयारीमा छ । त्यही भएर एमाले कांग्रेसलाई प्रधानमन्त्री र राष्ट्रपति दुवैको प्रलोभन देखाउन लागेको छ । ‘यो जनादेश एक प्रकारले भन्नुपर्दा राष्ट्रको आवश्यकताअनुसारको जनादेश होइन । चुनाव भयो भने एमालेका लागि कुनै समस्याको विषय छैन,’ केही दिनअघि एमाले महासचिव शंकर पोखरेलले भनेका थिए । 

    राष्ट्रपतिको निर्वाचनपश्चात कांग्रेसकै नेतृत्वमा सरकार बन्यो भने ती दलहरूले कांग्रेसलाई साथ दिइहाल्छन् भन्ने महासचिव पोखरेलको भनाइले एमाले वर्तमान सत्ता गठबन्धन भत्काउने र नयाँ राजनीतिक कोर्समा अघि बढ्ने रणनीतिमा लागेको देखिन्छ । सातौं प्रधानमन्त्रीको प्रतीक्षा गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा साढे तीन वर्षसम्म धैर्यपूर्वक नबस्ने टिप्पणी गर्दै पोखरेल भन्छन्, ‘सत्ता राजनीति भनेको शक्ति संघर्षको खेल पनि हो । त्यसका बाछिटाहरू २५ गतेको राष्ट्रपति निर्वाचनपछि सतहमा आइहाल्छन् ।’

    संविधानमा धारा ७६ को उपधारा २ अन्तर्गतको सरकारले बहुमत गुमायो भने त्यसपछि उपधारा ३ अन्तर्गतको सरकार बन्छ । त्यसैले ठूलो पार्टीको हैसियतमा सरकार बनाउने अधिकार कांग्रेसको हुन्छ । एमाले नेता शेरबहादुर तामाङले प्रधानमन्त्री प्रचण्डको प्रधानमन्त्री पद राष्ट्रपतिको निर्वाचनसम्म रहने नरहने टुंगो नभएको सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आएका छन् ।
    निर्वाचनको परिणाम आएलगत्तै एमाले अध्यक्ष केपी ओलीले जनताले गलत म्यान्डेट दिएको टिप्पणी गरेका थिए । उनले राजनीति अस्थिर बन्ने बताएका थिए ।

    संसदको पहिलो सम्बोधनपछि ओलीले प्रतिनिधिसभा विघटनको बचाउ गरेपछि उनी चाँडै देश मध्यावधि निर्वाचनमा जानेमा ढुक्क देखिएका छन् । त्यही भएर अहिले उनले द्वन्द्वकालीन मुद्दा उचालेर प्रधानमन्त्री प्रचण्डलाई कुर्सीबाट झार्ने रणनीतिका साथ अघि बढेका छन् । एमालेको अहिलेको प्रमुख बटमलाइन नै कांग्रेससँग सत्ता सहकार्य वा मध्यावधि निर्वाचनमध्ये एक भएको नेताहरु बताउन थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend