शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक बिशेष

पहिले कांग्रेसलाई धोका दिएको माओवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा खोज्यो निहुँ

पहिले कांग्रेसलाई धोका दिएको माओवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा खोज्यो निहुँ

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २१ २०७९

  • 6.1K
    SHARES

  • पहिले कांग्रेसलाई धोका दिएको माओवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा खोज्यो निहुँ

    काठमाडौं - डडेलधुराको जोगबुढामा गत कात्तिक २० गते आयोजित चुनावी सभामा कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका थिए– ‘मेरो पार्टीले पनि भने त भइहाल्यो नि, यसपछि गठबन्धनको सरकारमा मुख्यमन्त्री खगराज भट्ट नै हो। तपाईंहरू जिताएर पठाउनुस्।’

    माओवादी केन्द्रका नेताहरुले कांग्रेसलाई अहिले देउवाको त्यही भाषण स्मरण गराइरहेका छन्। देउवाले गरेको वाचाअनुसार प्रदेश सरकारमा आलोपालो हुनुपर्ने पक्षमा माओवादी केन्द्रका नेताहरु छन्।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने बेला माओवादीले निहुँ खोजेको हो । राष्ट्रपति निर्वाचनमा काठमाडौं आउनुअघि नै विश्वासको मत लिनुपर्ने बाध्यता भएकाले माओवादी नेता खगराज भट्टले मुख्यमन्त्रीमा निहुँ खोजेको हो ।

    मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। तर, माओवादी केन्द्रले विश्वासको मतको सन्दर्भमा औपचारिक निर्णय गरिसकेको छैन।

    ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत सिद्ध गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। मुख्यमन्त्री शाहलाई कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एकजना स्वतन्त्र गरी २४ सांसदको मात्रै देखिने गरी समर्थन छ।

    राष्ट्रपति निर्वाचनका सन्दर्भमा गठबन्धन फेरिँदा अहिले माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको पनि साथ पाउने आशामा मुख्यमन्त्री शाह छन्। माओवादी र नागरिक उन्मुक्तिले समर्थन गर्दा उनको पक्षमा दुई तिहाइ मत पुग्ने अवस्था छ। तर, दुवै दलले लिखित प्रतिबद्धता खोजेका छन्।

    नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलीय सहमतिको लिखित हस्ताक्षरविना विश्वासको मत दिन नसकिने बताएकी छन्। माओवादी केन्द्रका नेताहरुले पनि लिखित प्रतिबद्धता चाहिने बताउँदै आएका छन्।

    माओवादी नेताहरुले आलोपालो सरकार चलाउने भनेरै लिखित प्रतिबद्धता खोजेपछि मुख्यमन्त्री शाह संकटमा परेका छन्। केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि विश्वासको मत लिन बाँकी नै छ ।

    सुदूरपश्चिममा थोरै पनि गडबड भएमा च्याँखे थापेर बसेको एमालेको ढोक्सामा माछा पर्न सक्ने स्थिति छ । एमालेले कांग्रेसका मुख्यमन्त्री शाहलाई विश्वासको मत दियो भने फेरि पनि माओवादी उत्तानो पर्ने छ ।

    हिजो कांग्रेसलाई धोका दिएर एमालेसँग गठबन्धन बनाएर गएको माओवादी अहिले पहिले नै मुख्यमन्त्री पाउनुपर्ने लिँडेढिपीमा लाग्नुलाई धेरैले राम्रो मानेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend