आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्र पौडेलले ओलीलाई फोन गरेर के भने?  

रामचन्द्र पौडेलले ओलीलाई फोन गरेर के भने?  

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १८ २०७९

  • 6.6K
    SHARES

  • रामचन्द्र पौडेलले ओलीलाई फोन गरेर के भने?  

    काठमाडौं– नेपाली कांग्रेसका नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपतिमा आफ्नो पक्षमा माहोल बनाउने भन्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग मत मागेको बताए । विहिबार राजधानीमा आयोजित दलका सांसदहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै आफ्नो विचार राख्ने क्रममा यसको खुलासा गरे। उनले जेलजीवनको विगत सम्झाउँदै ओलीलाई राष्ट्रपतिमा सर्वसम्मत बनाउन भूमिका खेल्न अनुरोध गरेको बताए। 

    ‘केपी ओलीजीसँग पनि मैले टेलिफोन गरेर भने ओलीजी राष्ट्रपति पद सबैको साझा पद बनाउन ठिक होला नि भने । म त तपाईंसँगै जेलमा बसेको पुरानो साथी मलाई तपाईंले चिन्नुभएको छ । मेरो हरेक बानी व्यहोरा, आचरण, नैतिकता सबै थाहा छ त्यसैले मलाई निर्विरोध गराइदिए हुन्छ नि भनेको पनि हो,’ पौडेलले अभिमुखीकरण कार्यक्रममा सुनाए ।

    पौडेलले बैठकमा के भने? 

    आज जुन परिस्थितिमा हामी छौं, त्यसको अनुभुति सबैले गर्नुभएको छ । चुनौतीको आज जे छन् त्यसको अनुभुति पनि सबैले गर्नुभएको छ । यो देशमा भएको अन्योल चिर्दै कसरी अघि बढ्ने भन्नेकुरामा तपाईंहरु सबै विज्ञ हुनुहुन्छ ।

    मञ्चमा मलाई कमरेड भनेर सम्बोधन गर्दा तपाईंहरुले कस्तो कस्तो मान्नुभयो, त्यो एकदमै स्वभाविक हो । यो शब्द स्वभाविक रुपमा आएको छ । वाम आन्दोनबाटै मैले मेरो विद्यार्थी राजनीति सुरु गरेको हो । समाजवादको विषयमा संसारमा धेरै शब्द खर्चिएको छ, यसले धेरै विशेषण पनि पाइसकेको छ । म चाहिँ समाजवाद भनेको निमुखलाई न्याय र विपन्नलाई आय हो, यसरी बुझ्छु । हामी यसमा आ–आफ्नै सिद्धान्त कायम गरेर राष्ट्रिय एकतालाई कायम राख्न सक्छौं भन्ने मेरो विश्वास छ । यो सुत्रले हामी सबैलाई एक ठाउँमा ल्याउँछ ।

    राष्ट्रपति संविधानको पालक र रक्षकको रुपमा संविधानले परिकल्पना गरेको छ । यो संविधान प्राप्तिका लागि मैले जीवनको ६५ वर्ष यसैमा समर्पण गरेको छु । यो संविधान निर्माण गर्न मैले ६ वर्ष अथक प्रयास गरेको छु, माधवजी, प्रचण्डजीहरुसँगै । संविधानसभा बनाउन मैले यो देशका जनजाति, यो देशका मधेसी, मुलसलमान, थारु, महिला, दलित, यो देशका उत्पीडित समुदायका वर्गहरुसँग वार्ता गरेर विस्तृत शान्ति सम्झौता तयार गरेको छु । यो त्यसैको साझा दस्तावेज र निचोड हो । संविधानको प्रत्येक शब्द, अर्थ र त्यसको भावसँग म परिचित छु । गहिराइमै गएर छलफल गरेको हुनाले म तपाईंहरुलाई के विश्वास दिलाउन चाहन्छु भने मेरो जिम्मेवारीमा यो संविधानमा कुनै पनि तलमाथि हुने र आँच पुग्ने काम हुन दिने छैन ।

    संंविधान र राष्ट्रपतिको भूमिकामाथि प्रश्नहरु उठेका छन् । मेरो कोसिस सधैँ रहनेछ कि म कुनै त्यस्ता प्रश्नहरु उठ्न दिने छैन । यो संविधानलाई परिपूर्ण र पर्फेक्ट त भन्दिनँ, तर यो संविधानले जसरी जनतलाई अधिकार दिएको छ, सिमान्तमा रहेका सबै जनतालाई जसरी एउटा समानुपातिक समावेशी सिद्धान्तको आधारमा यो संविधानले जसरी अधिकारको संरक्षण जसरी गरेको छ, दक्षिण एसियामा जनतालाई अधिकार सम्पन्न गराउनेगरी संविधान सायदै बनेका होलान् । म सम्पूर्ण पूर्ण छ भन्दिनँ, सानातिना अपुग त्रुटिहरु यहाँ छ । संविधान बनाउँदा बनाउँदै त्यो भएका छन् । संशोधन प्रस्ताव हामीले राखेका छौं । यो कुरा पनि स्मरण गराउन चाहन्छु । तर, यो संविधानलाई स्थायित्व दिनु राष्ट्रको कल्याणका लागि अहिलेको आवश्यकता हो ।

    राष्ट्रले पटकपटक परीक्षण र प्रयोगलाई धान्न सक्दैन । मैले यो कुरा बुझेको छु कि पटकपटकको संविधानलाई व्यवस्थाविरुद्ध प्रयोग गर्ने कुरा । यसलाई समसामयिक सुधार गर्न सकिन्छ । सबैको सहमतिमा सुधार गर्दै जानुपर्छ । यो संविधानको विकल्पमा अरु संविधान कल्पना गर्न सकिन्नँ । कुनै पनि कोणबाट कुरा आओस्, नेपालीलाई हैसियत दिने यो संविधान नेपालीको गौरव पनि हो । यसको रक्षा गर्नु सम्पूर्ण नेपालीको कतव्र्य हो । यसको संरक्षक र परिपालकको रुपमा भूमिका र जिम्मेवारी निभाउने कुरामा म कुनै पनि कसुर छाड्दिन ।

    चुनावको बेलामा नाराहरु लाग्न सक्छ । तिनीहरुबाट हामीले जोगिनुपर्ने हुन्छ । मैले देश बनाउने आर्थिक क्षेत्रको सुधार मुलुकलाई उन्नतिको बाटोमा लाने कुरा प्रमको जिम्मेवारी हो । गर्ने विषय प्राइभेटमा प्रधानमन्त्रीलाई भन्न सक्छु । तर, मैले प्रधानमन्त्रीको सुझावअनुसार राष्ट्रपतिको हैसियतमा काम गर्ने हो । प्रधानमन्त्रीको प्रस्तावअनुसार नै मैले राष्ट्रपतिको रुपमा काम गर्ने हो ।

    आज सिस्टम जोगाउनु महत्वपूर्ण कुरा हो । सिस्टम बँच्यो भनेमात्र राष्ट्रले उन्नति गर्न सक्छ । स्थायित्व र सुशासन दिन सके राष्ट्र उन्नति गर्न सक्छ । तोकिएको र दिएको अभिभारामा जवाफदेही हुने व्यवस्था लागु गर्न सके र योजनाहरु समयमा कार्यन्वयन हुन सके, अर्थ नीति सही ढंगले लागु गर्न सके नेपाल १० वर्षभित्र उन्नतिमा फड्को मार्न सक्छ । अहिले राष्ट्रलाई सुशासन चाहिएको छ । सबैले आआफ्नो मर्यादा र पदीय दायित्वमा रहेर देशको सेवा गरौं ।

    राष्ट्रवादलाई लोकतन्त्रको विरुद्ध प्रयोग हुने गरेको छ । बेलाबेला लोकतन्त्रविरुद्ध राष्ट्रवादको हतियार प्रयोग हुने गरेको छ । यो देशका लागि दुर्भाग्य हो । राष्ट्रियता र प्रजातन्त्र एक अर्कामा गाँसिएका विषयहरु हुन् ।

    केपी ओलीजीसँग पनि मैले टेलिफोन गरेर भनेँ– ओलीजी राष्ट्रपति पद सबैको साझा पद बनाउन ठिक होला नि भने । म त तपाईंसँगै जेलमा बसेको पुरानो साथी, मलाई तपाईंले चिन्नुभएको छ । मेरो हरेक बानी व्यहोरा, आचरण, नैतिकता सबै थाहा छ । त्यसैले मलाई निर्विरोध गराइदिए हुन्छ नि भनेको पनि हो । तर, चुनावलगत्तै कुरा गर्ने उहाँले भनेको कुरा गर्न नपाउँदै के के भयो, यस्तो भयो भन्नुभयो । मलाई लाग्छ, एमाले पार्टीका धेरै साथीहरुले मैले उमेदवारी दर्ता गर्दा राम्रै मान्नुभएको छ, खुसी हुनुभएको छ । प्रतिनिधिहरुको प्रतिनिधित्व गर्ने योग्य मान्छेको रुपमा लिन्छन् भन्ने मैले बुझेको छु । त्यसकारण सर्वसम्मत रुपमा मलाई अघि बढाउन उहाँहरुबाट सहयोग होला भन्ने आशा मैले लिएको छु । 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend