आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपतिमा पौडेलको जित सुनिश्चित छः सिंह

राष्ट्रपतिमा पौडेलको जित सुनिश्चित छः सिंह

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १८ २०७९

  • 2.6K
    SHARES

  • राष्ट्रपतिमा पौडेलको जित सुनिश्चित छः सिंह

    धनुषा– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आएको बताएका छन् । अब आठ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने र जनअपेक्षा पूरा गर्दै देश विकास गर्ने उनले बताए ।

    सिरहाको कार्यक्रममा सहभागी हुन जाने क्रममा आज धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सिंहले प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिनु र आठ दलीय गठबन्धन बन्नुलाई जनताको म्यान्डेट अनुसारको राजनीतिक परिस्थिति बनेको भनेका हुन् ।


    ‘निर्वाचनमा जाने बेला जुन गठबन्धन बनेको थियो त्यही गठबन्धनले म्यान्डेट पाए पनि केही समय असहजतातर्फ राजनीति अघि बढ्यो,’ उनले भने, ‘अहिले जनमत अनुरुपको राजनीतिक परिस्थिति निर्माण भएको छ । अब आठदलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्छ ।’

    सत्ता गठबन्धनमा कुनै असमझदारी नरहेको भन्दै उनले राष्ट्रपति पदमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको बताए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend