आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेका मन्त्रीले बुझाए राजिनामा

एमालेका मन्त्रीले बुझाए राजिनामा

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १५ २०७९

  • 2.3K
    SHARES

  • एमालेका मन्त्रीले बुझाए राजिनामा

    काठमाडौं– नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । एमालेका सबै आठ जना मन्त्रीले आज सोमवार दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

    एमालेबाट मन्त्री बनेका उपप्रधान एवम् अर्थ मन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री विमला राई पौड्याल, भूमि सुधार सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई, कृषि मन्त्री ज्वालाकुमारी साह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, सहरी विकास मन्त्री दामोदर भण्डारी, स्वास्थ्य मन्त्री पदम गिरी र रक्षा मन्त्री हरी उप्रेतीले राजीनामा बुझाएका हुन्। 

    यसअघि एमालेको बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सरकारको नेतृत्व गरिरहेको माओवादीले राष्ट्रपति चुनावमा कांग्रेससँग सहकार्य गरेपछि एमाले सरकारबाट बाहिरिएको हो । सरकारमा सहभागी भएको ६५ दिनमा एमाले बाहिरिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend