काठमाडौं– नेकपा एमाले सरकारबाट बाहिरिएको छ। उसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको हो।
सोमबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।