काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेल राष्ट्रपतिकाे उम्मेद्वार बन्ने निश्चित बनेकाे छ। पाैडेल चार दलीय गठबन्धनबाट राष्ट्रपतिमा उम्मेदवार बन्ने लगभग निश्चित भएको हाे।
शुक्रबार बिहान बालुवाटारमा भएको छलफलबाट उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लगभग सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। बिहान ४ घण्टा बसेको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिमा कुरा मिलिसकेको उनको दाबी छ।
उनका अनुसार अन्य ‘पावर सेयरिङ’का लागि दलहरुको आन्तरिक छलफल गर्नुपर्ने भएकाले सहमतिलाई अन्तिम रुप दिन नसकिएको हो। साँझ बस्ने बैठकले पाैडेललाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गर्नेछ। सँगै पावर शेयरिङकाे विषय पनि टुंगाे लगाउनेछ। उपराष्ट्रपति भने जसपाले पाउने पक्का भएकाे छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।