काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति चुनावमा कांग्रेसभित्रको समीकरण फेरिने संकेत गरेका छन् ।
राष्ट्रपतिमा नयाँ नयाँ नाम आइरहेका बेला महामन्त्री शर्माले आफूले सभापति शेरबहादुर देउवालाई राष्ट्रपति, रामचन्द्र पौडेललाई संसदीय दलको नेता र उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति प्रस्ताव गरेको उल्लेख गरेका छन् ।
बुधबार साँझ सामाजिक सञ्जालमार्फत शर्माले यो रहस्य खोलेका हुन् । उनले यसबारे पार्टीमा छलफल भइरहेको उल्लेख पनि गरेका छन् । ‘सभापतिलाई रास्ट्रपति बनाएर बरिष्ठ नेतालाई संसदीय दलको नेता, उपसभापतिलाई कार्यवाहक ।
दलीय दृस्टिले मेरो प्रस्ताव उचित । तर कार्यकारी बनिसकेका कसैलाई पनि रास्ट्रपति बनाउनु अनुपयुक्त, साथीहरूको यो विश्लेषण बढी परिपक्व छ । मेरो बुझाइ नै अन्तिम सत्य, यस्तो भ्रममा म कहिल्यै रहन्न,’ उनले लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।