शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

नेपालको राजनीतिमा २०६४ सालको काण्ड दोहोरिँदै

नेपालको राजनीतिमा २०६४ सालको काण्ड दोहोरिँदै

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ९ २०७९

  • 6.4K
    SHARES

  • नेपालको राजनीतिमा २०६४ सालको काण्ड दोहोरिँदै

    काठमाडौं - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कतिसम्म पदलोलुप छन् भन्ने २०६४ सालको राजनीति हेरे पुग्छ ।

    माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बनेको थियो । दुई सय ४० निर्वाचन क्षेत्रमध्ये माओवादीले एक्लै एक सय २० सिट जितेको थियो ।

    त्यसबेला माओवादीले एमालेका केपी ओली, माधवकुमार नेपाल, वामदेव गौतमलगायत सबैलाई हराएको थियो । ओली झापा ५ र माधव नेपाल काठमाडौं २ र रौतहट १ बाट पराजित भएका थिए ।

    दुई दुई ठाउँबाट हारेपछि माधव नेपालले एमाले महासचिवबाट राजीनामा दिए । देश संक्रमणकालीन अवस्थामा थियो । नयाँ संविधान बनाउनुपर्ने, माओवादी लडाकु शिविर हटाउनुपर्ने, अनमिनलाई नेपालबाट हटाउनुपर्ने, राजसंस्थालाई बिदा गर्नुपर्ने दायित्व थियो ।

    जनआन्दोलनको एउटा पक्ष एमालेकै महासचिव नेपाल हारेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाललाई राजाबाट मनोनीत गरेर संविधानसभा सदस्य बनाए । संविधानसभा सदस्य भइसकेपछि नेपाललाई संविधान लेखन मस्यौदा समितिको सभापति बनाइयो ।

    तर संविधान लेख्ने क्रममै माधव नेपाल बटारिन थाले । ओलीले आफू पराजित भएको रिस पोख्न माधव नेपाललाई प्रयोग गरे । संविधान लेखन भाँडियो ।

    त्यसपछि माओवादी सरकार विवादमा पर्न थाल्यो । सेनापति प्रकरणमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एमालेका झलनाथ खनाल प्रधानमन्त्री बने ।

    नौ महिनापछि खनाललाई पनि प्रधानमन्त्रीबाट हटाएर माधव नेपाल प्रधानमन्त्री बने । खनाललाई प्रधानमन्त्रीबाट हटाएर माधव नेपाललाई प्रधानमन्त्री बनाउन केपी ओलीले ठूलो भूमिका खेलेका थिए ।

    त्यसपछि सडक आन्दोलनमा आएको माओवादीलाई माधव नेपालले नै रोकेका थिए । नेपाल १८ महिना प्रधानमन्त्री बने । तर, पहिलो संविधानसभाले संविधान लेख्न सकेन ।

    अहिले ठ्याक्कै त्यस्तै परिदृश्य देखिन थालेको छ । राष्ट्रपति एमाले वा पूर्वएमालेबाटै बनाएर केही महिनापछि प्रचण्डलाई प्रधानमन्त्रीबाट च्यूत गर्ने खेलमा केपी ओली लागेका छन् ।

    सोही कारण एकाएक ओलीले माधव नेपाललाई राष्ट्रपतिमा अघि सारेको अनुमान गरिएको छ । प्र्रधानमन्त्री प्रचण्डले एमालेको राष्ट्रपति बनाउन नसक्ने भनेर सन्देश दिएपछि अहिले केपी ओलीले ‘ट्रमकार्ड’ माधव नेपाल फ्याँकेका हुन् ।

    ओलीकै आग्रहमा बुधबार राति भैरहवामा सभामुख देवराज घिमिरे, अर्थमन्त्री विष्णु पौडेललगायतले माधव नेपालसँग छलफल गरेका थिए । सोही भेटवार्तामा एमालेले नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको हो ।

    तर, माधवलाई राष्ट्रपति बनाउँदा एकीकृत समाजवादीलाई एमालेमा मर्ज गर्नुपर्ने सर्त ओलीको छ । एकीकृत समाजवादी एमालेमा विलय भएमा एमाले सबैभन्दा ठूलो दल बन्ने छ । एमालेसँग अहिले ७९ सांसद छन् ।

    एकीकृत समाजवादीका १० जोड्दा ८९ हुन्छ । कांग्रेसको पनि ८९ सांसद छन् । तर टेकबहादुर गुरुङ निलम्बनमा परेकाले ८८ सांसद मात्र बहाल छन् ।

    माधव नेपालको पार्टी एमालेमा मर्ज भएपछि माओवादी पनि कर्नरमा पर्नेछ । किनभने प्रचण्डले ओली र कांग्रेस दुवैको विश्वास गुमाउने छन् । माधव नेपाललाई राष्ट्रपति बनाउँदा प्रचण्ड होइन, केपी ओली बलियो भन्ने निश्चित छ ।

    अहिलेसम्म प्रचण्ड माधव नेपालकै कारण ओलीसँग निहुँ खोजिरहेका थिए । यदि माधव नेपाल एमालेमा जानेवित्तिकै प्रचण्डलाई कांग्रेसले विश्वास नगर्ने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend