शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य निर्वाचनबाटै माओवादीसँग त्रस्त थिए ओली, भएको के थियो ?

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य निर्वाचनबाटै माओवादीसँग त्रस्त थिए ओली, भएको के थियो ?

  • मिडिया डबली
  • सोमवार, फाल्गुण ८ २०७९

  • 3.0K
    SHARES

  • लुम्बिनीमा राष्ट्रिय सभा सदस्य निर्वाचनबाटै माओवादीसँग त्रस्त थिए ओली, भएको के थियो ?

    काठमाडौं - असोजमा राष्ट्रिय सभामा एमालेका सांसद खिमलाल भट्टराईको पद गुम्यो ।

    लुम्बिनीको मुख्यमन्त्री बन्ने लोभमा प्रदेश सभा सदस्य उठ्न राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका भट्टराई न प्रदेश सांसद बन्न सके, न पहिलेको पद नै बाँकी रह्यो । राष्ट्रपति निर्वाचनका लागि मध्यनजर गर्दै निर्वाचन आयोगले रिक्त राष्ट्रिय सभा सदस्यको निर्वाचन गरायो ।

    दुई साताअघि सम्पन्न निर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित भए । उनले नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यलाई तीन सय मतान्तरले पराजित गरे । लुम्बिनी प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुख, प्रदेश सभा सदस्यको मतभारअनुसार एमाले–माओवादी गठबन्धनको ४६ सय हुनुपर्ने हो ।

    तर, एमालेका दसौंदीले चार हजार मत प्राप्त गर्न सके । एक स्थानीय तह प्रमुखबाहेक सबैले मतदान गरेका थिए । कांग्रेसका उम्मेदवार आचार्यले ३७ सय मत ल्याए । सत्ता गठबन्धनका उम्मेदवार र कांग्रेसका उम्मेदवारबीच तीन सय मतको अन्तर देखिएपछि एमाले अध्यक्ष केपी ओली निकै झस्किन पुगे ।

    हिसाबकिताबमा माहिर ओलीले ६ सय मत माओवादीबाटै फ्लोर क्रस भएको अनुमान लगाए । ओलीले लुम्बिनीबाट राष्ट्रियसभाको उपचुनावमा माओवादीका सबै भोट नआएको हिसाब देखाएर धोका पाएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो गर्दै आएका छन् ।

    विगतमा लिखित सहमति पालना नगरेर पार्टीमा विग्रह ल्याएको आरोप खेपेका ओली अहिले भोटको हिसाब देखाइ–देखाइ माओवादीले सहमति पालना नगरेको भन्दै असन्तुष्ट छन् ।

    ओलिले  लुम्बिनीकै नियति राष्ट्रपति निर्वाचनमा पनि दोहोरिने आशंका गरेका छन् । त्यही भएर राष्ट्रपतिमा ओली ढुक्क देखिएका छैनन् । माओवादीप्रति सशंकित छन् । ओली दिनदिनै बालुवाटार धाएको हिसाबले राष्ट्रपतिमा कुरा मिलेको छैन भन्ने प्रष्टै बुझिन्छ ।

    एमाले कार्यकर्ताको भाषा जुन बाहिर आएको छ, त्यसले पनि उनीहरूमा आशंका रहेको देखिन्छ । पुस १० गते प्रचण्डले एमालेलाई राष्ट्रपति दिने सहमति गरेकाले त्यसबाट पछि हटे माओवादी ‘डाइनोसर’ हुने उनीहरूको तर्क सुनिन्छ ।

    तर, गठबन्धन टुट्दा केन्द्रदेखि प्रदेशसम्मै सत्ताबाट बाहिरिने अवस्थाले आफैँ डाइनोसर हुँदै गरेको पीडाबोध उनीहरूका अभिव्यक्तिमा झल्किन्छ । राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई १५ सय मत मात्र क्रस भए पुग्छ ।

    लुम्बिनीको राष्ट्रिय सभा सदस्यको उपचुनावमा माओवादीले ६ सय मत क्रस गरेकाले राष्ट्रपतिको निर्वाचनमा १५ सय मत क्रस हुने सम्भावना रहेको भन्दै ओली चिन्तित देखिएका छन् । सोही कारण सत्ता गठबन्धनमा भएर पनि ओलीले राष्ट्रपतिको उम्मेदवार घोषणा गर्न सकेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend