शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
आजको विशेष

आज बस्ने माओवादी पदाधिकारी बैठकमा कांग्रेस र एमालेको ध्यान, के गर्ला निर्णय ?

आज बस्ने माओवादी पदाधिकारी बैठकमा कांग्रेस र एमालेको ध्यान, के गर्ला निर्णय ?

  • मिडिया डबली
  • सोमवार, फाल्गुण ८ २०७९

  • 2.2K
    SHARES

  • आज बस्ने माओवादी पदाधिकारी बैठकमा कांग्रेस र एमालेको ध्यान, के गर्ला निर्णय ?

     काठमाडौं - आइतबार राति नेपाली कांग्रेसका शीर्ष नेताहरू र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता सम्पन्न भएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापासहित बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्न औपचारिक प्रस्ताव गरे ।

    कांग्रेसले अहिलेसम्म बाहिर मात्र राष्ट्रपतिमा उम्मेदवारी दिने र माओवादीसँग कुराकानी गर्ने बताउँदै आएको थियो । तर हिजो राति कांग्रेसले औपचारिक प्रस्ताव नै गरेको छ । कांग्रेसको प्रस्तावबारे छलफल गर्न प्रचण्डले सोमबार अपराह्न माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएका छन् ।

    त्यसैले आजको माओवादी पदाधिकारी बैठकले के निर्णय गर्ला ? भन्ने सबैको चासो देखिएको छ । कांग्रेस नेताहरूसँग भेट्नुअघि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए ।

    दुवै भेटमा प्रचण्डले राष्ट्रपतिको निर्वाचनबारे छलफल केन्द्रित गरेको बुझिएको छ । पछिल्लो समय सत्ता गठबन्धनको बचाउमा मनैदेखि लाग्ने नेताहरू माओवादीमा औंलामा गन्न सकिने संख्यामा मात्रै रहेको देखिन्छ । वर्षमान पुन विरामी भएपछि एमालेसँग नरम भएका नेता भूमिगत भएका छन् ।

    यसका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुरानो गठबन्धन ब्युँताउन तयार भइसकेका छैनन् । उनले उत्तरतर्फको छिमेकको दबाब थेग्न नसकेको कतिपयको विश्लेषण छ ।

    चीनले समीकरण जोगाउन सुपरग्लुको काम गरिरहेको प्रस्टै छ । राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आइरहेका छन् । केही दिनभित्रै अर्को टोली आउने तय भएको छ ।

    एमाले अध्यक्ष केपी ओलीको विशेष अनुरोधमा चिनियाँ टोली नेपाल आउन लागेको स्रोतले बतायो । यतिबेला विगतमा ओलीले जस्तै असंवैधानिक कदम चालिए कसले रोक्ने ? भन्ने बहस सुरु भएको छ । राष्ट्रपति एमालेले जिते सत्ता ओलीको हातमा पुग्छ ।

    यतिबेला सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश एमालेकै छन् । उपसभामुख पनि करिब–करिब एमाले नै हो । अख्तियार र निर्वाचन आयोगजस्ता प्रभावशाली संवैधानिक निकायमा पनि एमालेसँग निकटता राख्नेहरू नै प्रमुखहरू छन् ।

    अहिले राष्ट्रपति एमालेले लिँदा र अढाई वर्षपछि ओली प्रधानमन्त्री हुँदा राज्यको सम्पूर्ण शक्ति एउटा व्यक्तिको कब्जामा पुग्छ । अहिले नै संवैधानिक परिषद्मा प्रधानमन्त्री र विपक्षी दलको नेता एकातिर अनि अरु अर्कोतिर रहने अनौठो अवस्था देखिन्छ ।

    यसबारे माओवादीपंक्ति आफैँ भलिभाँती जानकार छ । माओवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकमा पनि अढाई वर्षपछि एमालेलाई सत्ता बुझाउँदा आफ्नो हातमा केही बाँकी नरहने र शक्ति सन्तुलन बिथोलिने खतराको गम्भीर आकलन भएको थियो ।

    त्यसैले उसले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बटमलाइन अघि सारेको छ । तर एमालेले आफ्नो उम्मेदवारमा मात्र राष्ट्रिय सहमति हुने बताउँदै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend