आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कर्णाली उत्सवमा पुगेर विश्वप्रकाशले के भने? 

कर्णाली उत्सवमा पुगेर विश्वप्रकाशले के भने? 

  • मिडिया डबली
  • आइतवार, फाल्गुण ७ २०७९

  • 1.9K
    SHARES

  • कर्णाली उत्सवमा पुगेर विश्वप्रकाशले के भने? 

    सुर्खेत– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिभित्र कुनै एक व्यक्तिले गरेको गल्तीका कारण पूरै राजनीति बदनाम हुने गरेको बताएका छन् ।

    कर्णाली उत्सवको चौथो संस्करणको ‘सग्लो समाज स् सङ्लो राजनीति’ सत्रमा वक्ताका रुपमा सहभागी शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्णा जागेको बताए ।

    ‘राजनीतिभित्र भएका सबै मानिस एउटै छैनन्, केही राम्रा पनि छन् भन्ने कुरा जनतालाई बुझाउन सकिएको छैन’, उनले भने, ‘गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न नसकिनु, समयमै आयोजना सम्पन्न नहुनु, भनेको बेला सेवा लिन नपाउनु जस्ता कुराले राजनीतिप्रति मानिसलाई वितृष्णा जागेको पाइन्छ ।’

    हरेकजसो संस्थामा राजनीतिकरण हुने गरेकाले अहिले राजनीति निष्पक्ष नभएको उनको भनाइ छ । महामन्त्री शर्माले राजनीतिक रुपमा हुने हरेक निर्णयहरु पारदर्शी हुनुपर्ने बताए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०१:४४:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend