जनकपुरधाम– बैंक खाता खोल्ने विषयले मधेस प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। प्रदेशसभा सदस्यको पारिश्रमिकका लागि कुन बैंकमा खाता खोल्ने भन्ने विषयलाई लिएर विवाद हुँदा बुधबारप्रदेशसभा बैठक नै अवरुद्ध भएको हो ।
बुधबार प्रदेशसभा बैठक बस्नुअघि प्रदेशसभा सदस्यको खाता खोल्न एनएमबि बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारी प्रदेशसभा सचिवालयमा आएका थिए । तर एनएमबि बैंकका कर्मचारीले मात्र प्रवेश पाए । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रतिनिधिलाई भने मर्यादापालकले रोकेका थिए ।
स्रोतका अनुसार एनएमबि बैंकका कर्मचारीलाई प्रदेशसभा सचिवालयले बोलाएको थियो भने नेपाली कांग्रेसले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रतिनिधिलाई बोलाएका थिए ।
कांग्रेसका सांसदहरुले सचिवालयले भनेको बैंकमा नभई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा खाता खोल्ने अडान लिएका थिए । तर, सचिवालयले इन्मेस्टमेन्ट मेगा बैंकका कर्मचारीलाई प्रवेश नै गर्न नदिएपछि कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।