काठमाडौं- भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । नेपालको तीन दिने भ्रमणका क्रममा सचिव क्वात्रा नेतृत्वको टोली सोमबार वायुसेनाको विशेष विमानमा काठमाडौं आइपुगेको हो ।
विदेश सचिव क्वात्रालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत नवीन श्रीवास्तव, दूतावासका लेफ्टिनेन्ट कर्नेल सुभाजित दे, मेजर हरजिन्दर सिंहलगायतले स्वागत गरेका छन् । आजै राजधानीमा नेपाल–भारत विदेश सचिवस्तरीय वार्ता हुँदैछ । नेपालमा रहँदा विदेश सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग भेट गर्ने कार्यक्रम पनि तय भएको छ ।
तीन दिने भ्रमण पूरा गरेर सचिव क्वात्रा बुधबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । विदेश सचिव नियुक्त हुनुअघि क्वात्रा नेपालका लागि भारतीय राजदूत थिए । कूटनीतिक सम्बन्धमा विशेष दख्खल राख्ने भएकैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई विदेश सचिव नियुक्त गरेका हुन् । शान्त स्वभावका क्वात्राको नेपालका सबै दलका नेताहरूसँग हार्दिक सम्बन्ध रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।