काठमाडौं– सत्ता साझेदार दलहरुबीच सहकार्य अझ मजबुद बनाउने सहमति भएको छ। सत्ता साझेदार दलहरु आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउन सहमत भएका हुन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म सरकारले गरेका कामकारबाहीको बारेमा समीक्षा भएको बताए। छ ।’
बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि छलफल भएको उनले जानकारी दिए । उनले राष्ट्रपतिको उम्मेदवारबारे आजको बैठकमा छलफल नभएको बताए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।