शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

ओलीले एमालेबाहेकको राष्ट्रपतिको नाम सुन्नै नचाहेपछि प्रचण्डसँग लफडा

ओलीले एमालेबाहेकको राष्ट्रपतिको नाम सुन्नै नचाहेपछि प्रचण्डसँग लफडा

  • मिडिया डबली
  • आइतवार, माघ २९ २०७९

  • 3.4K
    SHARES

  • ओलीले एमालेबाहेकको राष्ट्रपतिको नाम सुन्नै नचाहेपछि प्रचण्डसँग लफडा

    काठमाडौं - एमाले अध्यक्ष केपी ओली संयोजकत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र पंगु सावित भएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि सरकार सञ्चालनमा सघाउ पुगोस् भनेर ओलीले आफ्नो संयोजकत्वमा राजनीतिक संयन्त्र गठन गरेका थिए । तर सरकार गठन भएको डेढ महिनामा संयन्त्रको बैठक मुस्किलले पाँचचोटि बसेको छ ।

    प्रचण्ड नेतृत्वको सरकार प्रभावकारी बन्न नसकेकाले संयन्त्र कमजोर बन्दै गएको छ । त्यसमाथि ओलीले सरकार सञ्चालनमा सघाउ पुर्याउने भन्दा पनि विभिन्न दबाब दिने गर्दा मन्त्रीहरू आजित भएका छन् । जसको पोल उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले माधवकुमार नेपालसँग गरिसकेका छन् ।

    ओलीले विभिन्न किसिमको दुःख दिएर अप्ठेरो बनाएको भन्दै गुनासो पोखेका छन् । त्यही भएर पनि प्रधानमन्त्री प्रचण्ड अहिले राजनीतिक संयन्त्रको बैठक राख्न त्यति रुचि देखाउँदैनन् । तर, ओलीले आफ्नो स्वार्थका लागि संयन्त्र प्रयोग गर्न थालेका छन् ।

    प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेला सात दलको समर्थन थियो । तर, सरकारमा अहिले चार दल मात्र छन् । संयन्त्रमा सरकारमा सामेल सात दलका अध्यक्ष रहने सहमति भएको थियो ।

    सुरुको एक–दुई बैठकमा सातै पार्टीका अध्यक्ष सहभागी हुने गरे पनि अहिले जम्मा चारजना सहभागी हुने गरेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा अध्यक्ष रवि लामिछाने ।

    जबकि लामिछाने नेतृत्वको पार्टी सरकारबाट बाहिरिसकेको छ । तर पनि उनी शुक्रबार बसेको संयन्त्रको बैठकमा सहभागी भएका थिए । पार्टीका मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएका रवि कुन नैतिकताका आधारमा संयन्त्रको बैठकमा गएका हुन् भन्दै अहिले सत्तारुढ दलमै प्रश्न उठ्न थालेको छ ।

    पछिल्लो केही समययता जसपाका अध्यक्ष उपेन्द्र यादज, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संयन्त्रको बैठक नै बहिष्कार गरेका छन् । उनीहरू बैठकमा जानै छाडेका छन् ।

    उच्चस्तरी राजनीतिक संयन्त्र पंगु सावित हुँदै गए पनि ओलीले आफ्नो स्वार्थका लागि बैठक बोलाउन भने छाडेका छैनन् । सरकार सञ्चालका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भनाभन नै चलेको थियो । प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार बनाऔं भनेर प्रस्ताव गरेपछि ओली कड्किएका थिए ।

    स्रोतका अनुसार ओलीले ‘केका लागि राष्ट्रिय सहमति चाहियो ? एमालेबाहेकका राष्ट्रपतिको उम्मेदवारमा किन छलफल ?’ भन्दै प्रचण्डसँग झोक्किएका थिए । त्यसपछि बैठक कुनै निष्कर्षमा नपुगी सकिएको थियो । सत्ता साझेदार दलबीच नै राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एकमत भइसकेको छैन । राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दलबीच खटपट सुरु भएको हो ।

    ओली संसद् विघटनको पक्षमा देखिएको भन्दै माओवादीले कुनै पनि हालतमा एमालेलाई राष्ट्रपति दिन नहुने बटमलाइन नै बनाएको छ । हालै सम्पन्न माओवादी बैठकले ‘राष्ट्रपति र गृहमन्त्री’ छाड्न नसकिने निर्णय नै गरेपछि ओली रिसले आगो भएका छन् । त्यही भएर अहिले एमाले नेताहरू राष्ट्रपतिमा माओवादीले धोका दिन सक्ने बताउँदै हिँड्न थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend