शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्ड र ओलीबीच सुरु भो टसल, फागुन १३ को पर्खाइमा कांग्रेस

प्रचण्ड र ओलीबीच सुरु भो टसल, फागुन १३ को पर्खाइमा कांग्रेस

  • मिडिया डबली
  • शुक्रवार, माघ २७ २०७९

  • 5.8K
    SHARES

  • प्रचण्ड र ओलीबीच सुरु भो टसल, फागुन १३ को पर्खाइमा कांग्रेस

    काठमाडौं - देशमा पुरानै वाम–लोकतान्त्रिक गठबन्धन ब्युँताउने खेलअन्तर्गत राजनीतिक घटनाक्रम अघि बढेको छ ।

    स्रोतहरूले बताएअनुसार एउटा तहमा नेताबीच त्यस्तो छलफल सुरु भएको छ । राप्रपालाई सरकार छोड्न बाध्य पारेर एमालेलाई साइजमा राखी जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेको नेताहरू बताउँछन् ।

    अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि पाँचवटा मन्त्रालय खाली भएका छन् । यसअघि नै जसपालाई छुट्याएको वन र खेलकुद मन्त्रालयसहित गृह, शिक्षा र श्रम मन्त्रालय खाली भएकाले ती पाँच ठाउँमा जसपा र समाजवादीलाई एड्जष्ट गरेर जाने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

    त्यसैअन्तर्गत प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र् जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिसकेका छन् । त्यसो हुँदा तत्कालीन पाँचदलीय गठबन्धनका तीन शक्ति एकै ठाउँमा आइपुग्छन् ।

    गठबन्धन छोड्दा एमालेलाई तलदेखि माथिसम्म क्षति हुने भएकाले केपी ओलीले नरुचाए पनि समर्थन नझिक्नेमा प्रचण्ड विश्वस्त छन् । तर, अहिले सबैको ध्यान फागुन १३ गतेमा अडिएको छ । त्यसदिन अहिलेको गठबन्धन कायमै रहन्छ कि टुट्छ भन्ने स्पष्ट हुने धेरैको अनुमान छ ।

    निर्वाचन आयोगले फागुन १३ राष्ट्रपतिको निर्वाचनअन्तर्गत मनोनयनको मिति तोकेको छ । अहिलेसम्म राष्ट्रपतिमा कांग्रेस र एमालेको दाबी बलियो देखिएको छ । तर, प्रधानमन्त्री प्रचण्डले पनि बिहीबारदेखि राष्ट्रपतिमा आफ्नो दाबी बढाएका छन् ।

    राष्ट्रपतिमा दलीय नेताभन्दा पनि स्वतन्त्र व्यक्तिलाई बनाउनुपर्ने भनेर उनले अभिव्यक्ति दिइसकेका छन् । जसले एमाले अध्यक्ष केपी ओलीको पारो बढाएको छ । माओवादी केन्द्रले सहयोग नगर्दासम्म एमाले र कांग्रेसले उठाएका उम्मेदवार विजयी हुने अवस्था छैन ।

    त्यही भएर सबै अपमान सहेर भए पनि राष्ट्रपति आफ्नो हातमा पार्ने ओलीको दाउ छ । तर कांग्रेसले पनि प्रचण्डलाई आफ्नो ग्रिपमै राखेको छ । विश्वासको मत दिएपछि प्रचण्ड कांग्रेससँग निकै लचिलो भएका मात्र छैनन्, कांग्रेस नेताहरूसँग संवाद पनि थालेका छन् ।

    त्यही भएर फागुन १३ गते एमालेको राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थन माओवादी बसेन भने त्यसैदिन ओली र प्रचण्डबीच ‘डिभोर्स’ को प्रक्रिया सुरु हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

    बिहीबार ओलीसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डको बडील्यांग्वेजको अहिले आफ्नै ढंगले विश्लेषण हुन थालेको छ । हिजोको बैठकमा ओली निकै हतास र निराश देखिएको बताइन्छ । अधिकांश समय ओलीले फोनमै कुराकानी गरेर बिताएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend