शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रचण्डको झाँको झार्ने

सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रचण्डको झाँको झार्ने

  • मिडिया डबली
  • शुक्रवार, माघ २७ २०७९

  • 3.2K
    SHARES

  • सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रचण्डको झाँको झार्ने

    काठमाडौं - सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि एमाले अध्यक्ष केपी ओली तनावमा परेका छन् ।

    आफ्ना विश्वास पात्र राजेन्द्रसिंह रावलको मुख्यमन्त्री पद चैट भएपछि ओली रनाहामा परेका हुन् । एमाले र माओवादीसँग गठबन्धन हुँदा पनि सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई सहयोग गरेन । जसकारण सरकार बनेको एक महिनामै एमाले नेतृत्वको सरकार ढलेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिने बेला एमाले अध्यक्ष ओलीले संसदलाई सम्बोधन गर्दै भनेका थिए– ‘नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । आवश्यक नभए पनि सरकारलाई विश्वासको मत दिने नदिने उसको कुरा हो ।

    तर केही पाउँछु कि भनेर ढोक्सा थापेको भए रित्तै हुनेछ । ढोक्सामा माछा पर्ने छैन ।’ तर, उनले त्यसो भनेको एक महिनामै कांग्रेसको ढोक्सामा माछा परेको छ । सुदूरपश्चिा प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलको नेता कोमलबहादुर शाह नियुक्त भएका छन् ।

    उनले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । बहुमत हुँदाहुँदै पनि सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि सत्तागठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बैठक शुक्रबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

    यसअघि बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नेताहरुको कार्यव्यस्ततालाई देखाउँदै स्थगित गरिएको थियो । बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच मात्र छलफल भएको थियो ।

    आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्था, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने, सुदूरपश्चिममा सरकार ढलेपछि उत्पन्न राजनीतिक घटनाक्रमलगायत राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    तर, आजको बैठकमा ओलीले प्रधानमन्त्री प्रचण्डको झाँको झार्ने स्रोतले बतायो । सुदूरपश्चिम सरकार बचाउन प्रचण्डले कुनै भूमिका नखेलेको ओलीको आरोप छ । कांग्रेस नेतृत्वको सरकार बन्नुमा अप्रत्यक्ष रूपमा प्रचण्डको भूमिका पनि रहेको एमाले नेताहरूले आशंका गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend