शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक बिशेष

यिनको कुर्सी जोगाउन बिहानै ओली निवास बालकोटमा प्रचण्ड

यिनको कुर्सी जोगाउन बिहानै ओली निवास बालकोटमा प्रचण्ड

  • मिडिया डबली
  • बुधवार, माघ २५ २०७९

  • 3.4K
    SHARES

  • यिनको कुर्सी जोगाउन बिहानै ओली निवास बालकोटमा प्रचण्ड

    काठमाडौं  -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान बालकोटस्थित ओली निवासमा दुवै नेताबीच भेटवार्ता भएको हो ।

    ओलीले महत्वपूर्ण निर्णय गर्नुपर्ने भएको भन्दै बोलाएपछि प्रचण्ड बिहानै बालकोट पुगेका हुन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनुअघि प्रचण्ड र ओलीबीच छलफल भएको हो । रावल एमालेबाट मुख्यमन्त्री बनेका हुन् ।

    सुदूरपश्चिम प्रदेश सभामा कुनै दलको पनि बहुमत छैन । त्यहाँ सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । यदि सात सिट रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए आजै रावलको सरकार ढल्ने भएकाले ओलीले प्रधानमन्त्री प्रचण्डसँग सरकारलाई एउटा निर्णय लिन आग्रह गरेको स्रोतले बतायो ।

    नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहित आफ्ना राजनीतिक कैदीबन्दीलाई सरकारले रिहा नगरे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय नै गरेकाले ओली छटपटाएका हुन् ।

    भएको एउटा मुख्यमन्त्री गुम्ने भएपछि बुधबार बिहानै समस्या समाधान गरिदिन भन्दै ओलीले प्रचण्डसँग अनुनयविनय गरेका छन् । यदि रावलको सरकार ढले सबैभन्दा ठूलो दलको हैसियतमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले अल्पमतको सरकार चलाउने सम्भावना छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend