आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विश्वप्रकाशकाे दावी- कांग्रेसकाे उम्मेदवार नै राष्ट्रपति बन्छ

विश्वप्रकाशकाे दावी- कांग्रेसकाे उम्मेदवार नै राष्ट्रपति बन्छ

  • मिडिया डबली
  • आइतवार, माघ २२ २०७९

  • 1.2K
    SHARES

  • विश्वप्रकाशकाे दावी- कांग्रेसकाे उम्मेदवार नै राष्ट्रपति बन्छ

    काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै पार्टीका उम्मेदवार राष्ट्रपति हुने दाबी गरेका छन्।

    आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सोही व्यक्ति नै राष्ट्रपति बन्ने बताएका हुन्।

    ‘राष्ट्रपति पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिन चाहन्छ, दिन्छ। नेपाली कांग्रेसले दिएको उम्मेदवार यो देशको राष्ट्रपति बन्नुहुन्छ। राष्ट्रपति पदमा उम्मेदवारी दिइरहँदै गर्दाखेरी त्यसलाई लोकतान्त्रिक अभ्यासको रूपमा नबुझ्ने हो भने त्यो अलोकतान्त्रिक चेत हुन्छ,’ उनले भने।

    उनले राष्ट्रपतिमा आफ्नो पार्टीले प्रतिस्पर्धा गर्ने कुरालाई पूर्वाग्रही ढंगले नसोच्न पनि एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन्।

    उनले आफ्नो पार्टी विपक्षी दल भएकै बेला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव बनेको स्मरण गराउँदै अहिले पनि सो पद आफ्नो पार्टीले नै पाउने तर्क समेत गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०१:४४:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend