आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सरकारबारे शेखरको यस्तो खुलासा, कांग्रेसको रणनीति के छ? 

सरकारबारे शेखरको यस्तो खुलासा, कांग्रेसको रणनीति के छ? 

  • मिडिया डबली
  • बुधवार, माघ ११ २०७९

  • 2.7K
    SHARES

  • सरकारबारे शेखरको यस्तो खुलासा, कांग्रेसको रणनीति के छ? 

    विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको विषयमा धेरै विवाद गर्न नहुने बताएका छन् ।

    विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले यस सम्बन्धमा च्याप्टर क्लोज भएको बताए । ‘कांग्रेस अब प्रमुख विपक्षी हो र वेटिङ गर्भमेन्ट पनि हो,’ उनले भने ।

    पहिले पनि कांग्रेसले साढे तीन वर्षसम्म विपक्षीको भूमिका निर्वाह गरेको भन्दै उनले अब सदनमा आफूहरु प्रमुख विपक्षी भएको र सरकार ढाल्न लाग्ने पनि बताए । 

    भर्खरै काठमाडौँमा आफूहरुले वैचारिक समूहको बैठक राख्दा त्यहाँ पनि विश्वासको मतको विषयका छलफल भएको सुनाए । त्यस विषयमा आफूले बोल्दै नबोलेको कुरालाई सञ्चारमाध्यमले उल्लेख गरेको कोइरालाको भनाइ थियो । 

    उनले कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए । सबैतिर वामपन्थीमात्र नहुने भन्दै राष्ट्रपति कांग्रेसको हुनुपर्नेमा आफूहरु स्पष्ट भएको बताए ।

    डा. कोइरालाले युवा उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले नेपालको आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्थाबारे गम्भीर प्रश्न उठेको चर्चा गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend