आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

संवैधानिक परिषद् ओलीको कब्जामा, प्रचण्ड निरीह बन्दै

संवैधानिक परिषद् ओलीको कब्जामा, प्रचण्ड निरीह बन्दै

  • मिडिया डबली
  • शुक्रवार, माघ ६ २०७९

  • 5.0K
    SHARES

  • संवैधानिक परिषद् ओलीको कब्जामा, प्रचण्ड निरीह बन्दै

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूलाई चलायमान नेता भनाउन चाहन्छन् ।

    प्रधानमन्त्रीकै लागि कांग्रेससँगको गठबन्धन तोडेर एकाएक एमाले अध्यक्ष केपी ओलीको क्याम्पमा पुगेका प्रचण्ड अहिले जटिल अवस्थामा पुगेका छन् । प्रधानमन्त्री भएर पनि उनीसँग गृह, अर्थ, परराष्ट्र मन्त्रालय छैन । सायद सत्ताको नेतृत्व गरिरहेको दलसँग महत्वपूर्ण मन्त्रालय नभएको यो नै पहिलोपटक हो ।

    प्रधानमन्त्री बन्नकै लागि सबै राजकीय पद एमालेलाई सुम्पिँदा अहिले प्रचण्ड निकै अप्ठेरो अवस्थामा पुगेका छन् । प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष हुन्छन् । संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र विपक्षी दलका नेता हुने व्यवस्था छ ।

    तर अहिले संवैधानिक परिषद् एमाले अध्यक्ष ओलीको कब्जामा पुगेको छ । परिषदमा ओली नभए पनि उनका ‘एस म्यान’ हरूको बाहुल्यता हुने भएको छ । ओलीले प्रधानमन्त्री प्रचण्डलाई कमजोर बनाउन यसरी खेल खेलिरहेका छन् कि कुनै पनि संवैधानिक अंगमा नियुक्ति प्रचण्डले चाहेर हुने छैन ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सबै ओलीका ‘एस म्यान’ हुन् । जसकारण प्रधानमन्त्रीले लगेका नियुक्तिमा उनी एक्लैले निर्णय गर्न सक्दैनन् ।

    त्यसैले प्रचण्ड नेतृत्वको सरकार पेण्डुलम बन्ने खतरा छ । साढे दुई वर्षसम्म प्रचण्डलाई कतै पनि हलचल हुन नदिने र त्यसपछि आफू प्रधानमन्त्री बनेर राज्य सत्ता कब्जा गर्ने ओलीको रणनीति छ । तर, यसबारे प्रचण्ड पूरै बेखबर देखिएका छन् ।

    ओलीले प्रचण्डलाई घेर्ने रणनीतिअनुसार नै मन्त्रालयहरुको भागबन्डा गरेका छन् । सबैभन्दा राम्रा मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई दिएर माओवादीलाई कामै नलाग्ने मन्त्रालयमा थन्काएका छन् । माओवादीले पाएको राम्रो मन्त्रालय भौतिक पूर्वाधार र सञ्चार मन्त्रालय मात्र हो ।

    तर, दुवै मन्त्रालय चलाउन सक्ने नेता देखिएनन् । रवि लामिछाने र राजेन्द्र लिङ्देनलाई ओलीले जसरी आफ्नो ग्रिपमा राखेका छन्, प्रचण्डबाट उनीहरु टाढै छन् । मन्त्रालयसम्बन्धी केही निर्णय गर्नुपरे पनि गृहमन्त्रीसमेत रहेका लामिछाने र ऊर्जामन्त्री लिङ्देनले सिधै ओलीलाई भेट्ने गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend