आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्रचण्डपछि ओलीको प्रधानमन्त्री बन्ने सम्भावना न्यून, यस्तो छ खेल

प्रचण्डपछि ओलीको प्रधानमन्त्री बन्ने सम्भावना न्यून, यस्तो छ खेल

  • मिडिया डबली
  • शुक्रवार, पौष २९ २०७९

  • 6.8K
    SHARES

  • प्रचण्डपछि ओलीको प्रधानमन्त्री बन्ने सम्भावना न्यून, यस्तो छ खेल

    काठमाडौं- नेपालको संविधानमा रहेको व्यवस्था बुझेरै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमै आफू प्रधानमन्त्री बनेको रहस्य खुलेको छ । तेस्रो दलको नेता प्रधानमन्त्री बन्न संवैधानिक व्यवस्थाअनुसार निकै कठिन छ । तर हतार हतार संविधानको धारा १७५ (२) अनुसार प्रचण्ड गडबन्धनको प्रधानमन्त्री नियुक्त हुन सफल भए ।

    प्रचण्ड प्रधानमन्त्री बनेपछि अब सोही धाराअनुसार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना नरहेको संविधानविद्हरु बताउँछन् । प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिएर एमालेले राष्ट्रपति र सभामुख लिने आन्तरिक सहमति भएको छ ।

    साढे दुई वर्षपछि प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएर एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्ने भनिएको छ । तर, नेपालको संविधानले प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिँदा संविधानको धारा १७५ (३) अनुसार राष्ट्रपतिले सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ । अहिले संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र त्यसको नेता शेरबहादुर देउवा छन् । त्यसैले संविधानको धारामा प्रचण्डले खेलेको ओलीले पत्तै पाएनन् ।

    अहिले केपी ओली जतिबेला पनि मलिन अनुहार लगाएर बस्नुपरेको कारण संवैधानिक व्यवस्थाको ख्याल नगर्दा भएको बताइन्छ । ओली प्रधानमन्त्री बन्न १७५ (५) पुग्नुपर्ने हुन्छ । तर, त्यसबेलासम्म नेपालको राजनीति पुग्ला भन्ने धेरैले अनुमान गरेका छैनन् ।

    यदि आफ्नो रबरस्ट्याम्प राष्ट्रपति निर्वाचित गर्न सकिएमा संविधानको धारा र उपधारा मिचेर पनि प्रधानमन्त्री बन्न सकिने ओलीको दाउ छ । तर कांग्रेसले प्रचण्डलाई एकाएक विश्वासको मत दिएकाले ओली खत्रक्कै परेका छन् । कुनबेला प्रचण्ड र देउवाबीच फेरि घाँटी जोडिने हो भनेर ओली तनावमा परेका छन् ।

    कांग्रेस सभापति देउवाले कांग्रेस र एमाले मिलेर पाँच वर्ष बलियो सरकार बनाउन ओलीलाई प्रस्ताव गरेका थिए । ओलीले हुन्छ भनेर पुस १० गते दिउँसो ३ बजे आउँछु भनेर कुर्न लगाएर अन्तिममा धोका दिएपछि अहिले कांग्रेसले प्रचण्डलाई निसर्त विश्वासको मत दिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend