आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि पनि खुसी छैनन् ओली

प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि पनि खुसी छैनन् ओली

  • मिडिया डबली
  • बुधवार, पौष २७ २०७९

  • 3.7K
    SHARES

  • प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि पनि खुसी छैनन् ओली

    काठमाडौं - एमाले अध्यक्ष केपी ओली बाहिर बाहिर वर्तमान सरकार साढे दुई वर्ष ढुक्कले चल्छ भनेर हिँडिरहेका छन् । तर उनको बडी ल्यांग्वेजले भने त्यस्तो देखाइरहेको छैन ।

    सोमबार प्रतिनिधिसभाको पहिलो अधिवेशन र मंगलबार विश्वासको प्रस्तावको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका सम्बोधनपछि ओली खुलेर बोल्न सकेका छैनन् । आफूलाई राजनीतिका चतुर खेलाडी दाबी गर्ने ओली अबको राजनीतिको रिमोट आफ्नो हातमा होइन, प्रधानमन्त्री प्रचण्डको हातमा पुगेपछि हतप्रभ छन् ।

    एमाले चाहन्छ, सके सत्तामा सर्वत्र हावी हुने, नसके भाँडेर मध्यावधीमा जाने रणनीतिमा देखिएको छ । यसप्रकारको आशयसहित केही दिनअघि केपी ओलीको अभिव्यक्ति आइसकेको छ ।

    अर्थात्, अहिलेको जस्तो अधकल्चो स्थितिको संसदीय उपस्थितिमा चित्तबुझ्दो ढंगले अगाडि बढ्न नसकिने कारण एकल बहुमतको लक्ष्यसहित एमालेले मध्यावधी निर्वाचनको मार्ग अवलम्बन गर्न चाहेको छ । जुन कुरा ओलीले प्रतिनिधिसभा विघटन प्रतिगमन नभएको भन्दै लगातार दुई दिन संसदमा प्रतिवाद गर्दै आएका छन् ।

    प्रचण्डलाई एमालेको साथ चाहिने विश्वासको मत लिने दिनसम्मलाई मात्रै हो । त्यसपछि एमालेको पेलानबाट आजित भएपछि उनले फेरि नेपाली कांग्रेससँग शक्ति बाँडफाँडका प्रस्ताव राख्ने, प्रदेश सरकार, संसदीय समितिजस्ता पदहरूमा कांग्रेसलाई अगाडि सार्न सक्ने कतिपय नेताहरुको आंकलन छ ।

    ओलीको हठपूर्ण विगतसँग परिचित प्रचण्डले त्यसबाट शिक्षा लिएर प्रदर्शन गर्ने कार्यशैलीभित्र समन्वयात्मक भएमा उनले साझेदार तथा सरकार बाहिर रहेका अन्य दलको विश्वास आर्जन गर्न सक्नेछन् । यस्तो हुँदा एमालेले विश्वासको मत फिर्ता लिए पनि उनले फेरि विश्वासको मत लिने आधारहरु निर्माण हुने देखिन्छ ।

    प्रदेश सरकारको नेतृत्व, प्रमुखको नियुक्ति, संसदीय समितिको सभापतिजस्ता विषयमा पनि बृहत् राजनीतिक सहमतिको पक्षमा उनी छन् । तर, यी कुनै पनि कुरामा एमालेले मान्ने सम्भावना देखिँदैन । यिनै विषयबाट प्रचण्ड र ओलीबीच नयाँ संघर्ष सुरु हुने धेरैको अनुमान छ ।

    ओली सातदलीय गठबन्धनलाई आफू अनुकूल चलाउन चाहन्थे । जसअनुसार उनी उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्षसमेत बनेका छन् । यदि आफूले भनेअनुसार प्रचण्ड नचले समर्थन फिर्ता लिने ओलीको दाउ थियो ।

    तर, अब प्रचण्डको समर्थनमा कांग्रेससमेत आइसकेपछि एमालेले सहयोग नगरे पनि प्रचण्डले आरामले पूरा कार्यकाल सरकार चलाउन सक्ने अवस्थामा देखिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend