काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।ओली निवास बालकोटमा शनिबार विहान भेट भएको लामिछानेका सचिवालय संयोजक दीपक बोहराले जानकारी दिए ।
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको समर्थनमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेको छ । मन्त्रिपरिषद विस्तार र अन्य राजकीय पदहरुमा भागवण्डा बाँकी नै छ । सरकारलाई समर्थन गर्ने दलहरुले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति पनि गरिसकेका छन् ।
सरकार सञ्चालनका लागि सरकारलाई समर्थन गर्ने दलहरुको उच्चस्तरीय संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली रहेका छन् । यही सन्दर्भमा ओली र प्रमुख सत्तारुढ घटक रास्वपा सभापतिसमेत रहेका लामिछानेबीच भेटवार्ता भएको हो ।
भेटमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल भएको लामिछानेका सचिवालय संयोजक बोहराले बताए । नयाँ सरकार गठन प्रक्रिया देखि अहिलेसम्म लामिछाने पाँच पटक भन्दा बढी बालकोट पुगिसकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।