काठमाडौं– कांग्रेसको अपरिपक्क निर्णयले सरकार बनाउने अवसर गुमाएको छ । प्रतिनिधि सभाको निर्वाचनबाट पहिलो दल बने पनि कांग्रेस सभापति शेर बहादुर देउवा कुनै पनि हालतमा आँफू प्रधानमन्त्री हुने ध्याउन्नमा लागे पछि सत्ता गठबन्धन टुटेको हो । देउवाको कारण नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता सहकार्यकालागि नेकपा एमालेसँग सहकार्य गर्न पुगेको हो ।
पार्टी सभापति देउवाले निर्वाचित दुई महामन्त्रीलाई सत्ता गठबन्धन र अन्य बैठकमा नराखी छलफल गर्दै आएका थिए । निर्वाचन हारेका कृष्ण प्रसाद सिटौला र जुनियर नेताहरुलाई छलफलमा राखे पनि महामन्त्री गगन कुमार थापा र विश्व प्रकाश शर्मालाई बाहिर राखेर छलफल गर्दै आँफू प्रधानमन्त्री हुने ध्याउन्नमा थिए । माओवादीले राष्टपति अफर गर्दा पनि दुवै पद लिन खोजे पछि सबै अवसर कांग्रेसले गुमाएको हो ।
देउवाले संसदीय दलको निर्वाचन बालुवाटरमा सांसद भेला गर्दा समेत दुई महामन्त्रीलाई खबर गरेनन् । आँफूसँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने भए पछि गगन र विश्वप्रकाशलाई उपेक्षा गर्दै आएका थिए ।
महामन्त्री थापा र शर्माले नेकपा माओवादीले जुनसुकै बेला एमालेसँग सहकार्य गर्न सक्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।