काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आवेगमा निर्णय गर्न नहुने बताएका छन्।
सत्ता गठबन्धन विघटनको डिलमा पुग्दा महामन्त्री शर्माले यस्तो बताएका हुन्।
उनले विकल्पहरुको विकल्पमा जुट्नुको विकल्प नरहेको उनको भनाइ छ।
‘हठ, हतारो र आवेगमा कुनै निर्णय नगरौं ! आलोचना बीच गठबन्धन गर्ने, तर अपेक्षाको बिचमा जोगाउन नसक्ने अवस्था आउन दिनुहुन्न,’ उनले भनेका छन्, ‘समयले अभिभावकत्व खोजेको छ। यो पनि र त्यो पनि भनिरहँदा, न यो न त्यो हुने अवस्थामा पुग्नु हुन्न।
विकल्पहरुको विकल्पमा जुट्नुको विकल्प छैन!’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।