आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

बालकोटमा ओली र प्रचण्डबीच सरकार गठनबारे छलफल

बालकोटमा ओली र प्रचण्डबीच सरकार गठनबारे छलफल

  • मिडिया डबली
  • आइतवार, पौष १० २०७९

  • 3.3K
    SHARES

  • बालकोटमा ओली र प्रचण्डबीच सरकार गठनबारे छलफल

    काठमाडौं - प्रधानमन्त्री र राष्ट्रपतिमा कुरा नमिलेपछि सत्तागठबन्धन फुटको संघारमा पुगेको छ ।

    आइतबार बिहानदेखिको वार्ताले कुनै निकास ननिस्केपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरू बैठक छाडेर हिँडेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसले लिने र दुई वर्ष कुर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेपछि बैठक कुनै निष्कर्षमा नपुगी स्थगित भएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता छाडेर माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिएका छन् । बालुवाटारबाट निस्केर प्रचण्ड एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।

    एमाले स्रोतका अनुसार ओली आइतबार बिहानैदेखि प्रचण्डलाई कुरेर बसिरहेका थिए । ओलीले प्रचण्डलाई गठबन्धन छाडेर आउन आग्रह गर्दै आएका थिए ।

    यदि कांग्रेस नेतृत्वमा सरकार नबने वाम गठबन्धनको सरकार बन्नेतिर राजनीतिका कोर्ष अघि बढेको छ । अहिले ओली र प्रचण्डबीच सरकार गठनबारे छलफल सुरु भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend