काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको भन्दै देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका हुन् ।
प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इच्छा गरेको तर समयमा कदम नचालेको भन्दै ओलीले अरुले पनि समयमा कदम नचाले देश मध्यावधिमा जाने बताएका हुन् ।
‘अरुले पनि समयमा कदम चालेनन् भने, समयमा आफूआफूलाई हेरे भने, देश फेरि घुमिफिरि मध्यावधिमा जाने सम्भवना छ । जाँदैन भन्न सकिँदैन’ उनले भने, ‘किनभने सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने सञ्चालन कसरी होला ?’
अरु दलहरुमा व्यक्तिगत र दलगत स्वार्थ देखिएका कारण सरकार नै बन्न नसकेको ओलीले बताए । उनले अहिलेको परिस्थितिलाई आफूहरुले नजिकबाट हेरिरहेको भन्द एमाले मुकदर्शक बनेर नबस्ने बताए । ‘हामी मुकदर्शक भएर हेरेर बस्न सक्दैनौं । जेसुकै भए पनि अहिलेको परिस्थितिमा, ओरालो लागेको परिस्थितिलाई सकारात्मक बाटोमा कसरी फर्काउने त्यतापट्टि नेकपा एमालेको ध्यान छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।