काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जन्मदिनकै भोलिपल्ट आफ्नो राजनीतिक जन्म भएको प्रतिक्रिया दिएका छन्।
बिहीबार प्रतिनिधि सभा सदस्य पदको सपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बुधबार जन्मदिन मनाएको र आज सपथ ग्रहण गरेको उल्लेख गरे।
आफूले असाध्यै गम्भीरता र गौरवको अनुभूति गरिरहेको शर्माको भनाइ छ। साथै भने, ‘म जे गर्छु, इमान्दारितापूर्वक गर्छु भनेर मोट मागेको छु। म इमान्दारिता सवैप्रति दर्शाउँछु। सानो भएर काम गर्नुपर्छ भन्ने लागेको छ।’
पहिलोपटक सांसद निर्वाचित शर्माले संसदीयमा आफ्नो भूमिकालाई अर्थपूर्ण बनाउने सक्रिय रहने बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।