आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्रकै पथमा शेखर कोइराला

रामचन्द्रकै पथमा शेखर कोइराला

  • मिडिया डबली
  • मंगलवार, पौष ५ २०७९

  • 4.2K
    SHARES

  • रामचन्द्रकै पथमा शेखर कोइराला

    काठमाडौं - कांग्रेस संसदीय दलको विधान, २०७४ मा प्रतिनिधिसभाका सदस्यबाट एकभन्दा बढी दाबेदार रहेको अवस्थामा निर्वाचन हुने व्यवस्था छ ।

    दफा ६ मा सम्पूर्ण सदस्यको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मदेवार दलको नेता बन्ने उल्लेख छ । दुईभन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा प्रवेश गर्नेछ । पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ भने बाँकी स्वतः बाहिरिनेछन् । दुई प्रतिस्पर्धीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने नै दलको नेता निर्वाचित हुनेछ ।

    अंकगणितअनुसार कांग्रेसका ५७ प्रत्यक्ष र ३२ समानुपातिक गरी ८९ सांसद रहेको अवस्थामा निर्वाचन जित्न ४५ मत आवश्यक पर्छ । परिणामलाई हेर्दा संस्थापन समूहमा ३३ प्रत्यक्ष र २२ समानुपातिक गरी ५५ सांसद छन् । संस्थापन इतर समूहमा २४ प्रत्यक्ष सांसद छन् ।

    महामन्त्री विश्वप्रकाश शर्माले दलको नेतामा अर्का महामन्त्री गगन थापालाई सघाउने बताउँदै आएका छन् । यो समूहमा १० समानुपातिक र २४ प्रत्यक्ष गरी ३४ जना सांसद देखिन्छन् । तर, बुधबार हुने निर्वाचनमा तीनजना उम्मेदवार बन्ने निश्चित देखिएको छ ।

    इतर समूहमा डा.शेखर कोइराला र गगन थापा तथा संस्थापन पक्षमा शेरबहादुर देउवा दलको नेताका लागि उम्मेदवार हुने भएका छन् । आकांक्षी देखिएका नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला र प्रकाशमान सिंह उम्मेदवारीबाट पछि हटेका छन् ।

    पौडेलले एक वर्षअघि भएको महाधिवेशनमा आफूलाई सभापतिमा नउठाएपछि कतै पनि नखुली मौन बसेका थिए । जसकारण दोस्रो चरणमा देउवाले शेखर कोइरालालाई पराजित गरेका थिए ।

    काँग्रेसको १४औँ महाधिवेशनमा शेखर कोइराला पछाडि हट्ने अवस्था थिएन, अहिले संसदीय दलको निर्वाचनमा गगन थापा पछाडि हट्ने अवस्था छैन । त्यतिबेला शेखरलाई रामचन्द्र, शशांक र प्रकाशमानले स्विकार्न नसक्दा नमिठो नतिजा आयो, ।

    अहिले शेखरले गगनलाई स्वीकार्न सकिरहेका छैनन् । उनी पनि रामचन्द्रहरुकै पथमा जाने संकेत देखिएको छ । यदि शेखरले अहिले बुद्धि र विवेक प्रयोग गरेनन् भने १५औं महाधिवेशनमा उनले सभापतिमा गगन थापासँगै भिड्नुपर्ने अवस्था आउन सक्छ ।

    गगनले अहिले आफूलाई दलको नेतामा सहयोग गरे १५औं महाधिवेशनमा सभापतिमा सहयोग गर्ने प्रस्ताव गर्दा पनि शेखरले मानिरहेका छैनन् । बरु उनी मन्त्रीको लोभमा परेर देउवालाई जिताउन दलको नेतामा उम्मेदवारी दिन खोजिरहेको देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend