आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

प्रधानमन्त्रीमा ह्याट्रिकको दाउमा ओली र प्रचण्ड

प्रधानमन्त्रीमा ह्याट्रिकको दाउमा ओली र प्रचण्ड

  • मिडिया डबली
  • मंगलवार, पौष ५ २०७९

  • 2.7K
    SHARES

  • प्रधानमन्त्रीमा ह्याट्रिकको दाउमा ओली र प्रचण्ड

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेसम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेपछि अहिले दलहरू धमाधम संसदीय दल चयनमा लागेका छन् ।

    नेपाली कांग्रेसबाहेक कुनै पनि पार्टीमा दलको नेता चयनमा समस्या छैन । एकीकृत समाजवादी, रास्ट्रीय स्वतन्त्र पार्टी, जनमत पार्टीले दलको नेता चयन गरिसकेका छन् ।

    एमालेमा केपी ओली र माओवादी केन्द्रमा पुष्पकमल दाहाल प्रचण्ड अनि राप्रपामा राजेन्द्र लिङ्देन निर्विकल्प हुन् । तर, कांग्रेसमा भने को संसदीय दलको नेता बन्ने भन्ने महाभारत छ । कांग्रेसमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापा दलको नेताका आकांक्षी हुन् ।

    संस्थापन पक्षबाट देउवा एक्लै र इतरबाट कोइराला र थापा इच्छुक रहेकाले सम्भवतः बुधबार हुने निर्वाचनमा देउवा नै दलको नेता बन्ने प्रबल सम्भावना छ । देउवा फेरि पनि प्रधानमन्त्री बन्ने दौडमा छन् । देउवाको यो छैटौंपटक प्रधानमन्त्रीको कीर्तिमान हुनेछ । तर अहिले दुई नेता ह्याट्रिकको दाउमा छन् ।

    उनीहरू हुन् केपी ओली र प्रचण्ड । दुवै दुई दुईपटक प्रधानमन्त्री भइसकेका छन् । ओलीले पहिलो कार्यकाल नौ महिना र दोस्रो साढे तीन वर्ष बिताएका थिए । प्रचण्ड पहिलो र दोस्रो कार्यकाल नौ नौ महिना बिताएका थिए । अहिले ओली र प्रचण्ड दुवै तेस्रोपटक प्रधानमन्त्री बनाउने दाउमा छन् ।

    कुनै पनि दलले बहुमत नल्याएकाले ओली र प्रचण्ड आफूले पनि प्रधानमन्त्रीमा दाबी गरेका हुन् । ८९ सिट ल्याएर कांग्रेस पहिलो दल भए पनि सरकारको नेतृत्व गर्ने नगर्ने निश्चित छैन । एमालेले ७८ सिट ल्याएको छ । ओली अहिले माओवादीलाई गठबन्धनबाट अलग्याएर उसकै समर्थनमा प्रधानमन्त्री बन्न चाहन्छन् ।

    यसअघि पनि ओली यसरी नै प्रधानमन्त्री भइसकेका थिए । तर जब प्रचण्डले आधा कार्यकाल पाउनुपर्ने दाबी गरे ओलीले संसद् नै विघटन गरिदिए । प्रचण्ड अहिले फेरि तिनै ओलीको ललिपपमा भुल्ने अवस्थामा पुगेका छन् । र, एमालेसँग पनि समानान्तर संवाद गरिरहेका छन् ।

    एमालेले प्रधानमन्त्री बनाइदियो भने पहिलो चरणमै खाने दाउमा उनी छन् । तर, ३२ सिट ल्याएको माओवादीलाई स्वीकार्ने कि नस्वीकार्ने भन्ने एमालेमा एकमत छैन । धेरैले प्रचण्डलाई प्रधानमन्त्री बनाउनै हुँदैन भनिरहेका छन् ।

    तर विष्णु पौडेल, सुवास नेम्वाङहरू प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न सकिने मनस्थितिमा छन् । त्यही भएर अहिले ओली र प्रचण्डमध्ये कसले ह्याट्रिक गर्लान् भन्ने चासो देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend