आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमा यसरी भित्रिएको रहेछ तेक्वान्दो, जापानी ग्रान्ड मास्टर शिनले गरे खुलासा

नेपालमा यसरी भित्रिएको रहेछ तेक्वान्दो, जापानी ग्रान्ड मास्टर शिनले गरे खुलासा

  • मिडिया डबली
  • आइतवार, पौष ३ २०७९

  • 2.7K
    SHARES

  • नेपालमा यसरी भित्रिएको रहेछ तेक्वान्दो, जापानी ग्रान्ड मास्टर शिनले गरे खुलासा

    काठमाडौं - नेपालमा पछिल्लो समय तेक्वान्दो खेल निकै लोकप्रिय छ । कराते र तेक्वान्दोबाट नेपालले साग र एसियाली खेलकुद प्रतियोगितामा पनि राम्रै उपलब्धि हासिल गर्दै आएको छ ।

    तर, नेपालमा तेक्वान्दो खेल कसरी भित्रियो भन्ने बारे धेरैलाई जानकारी नहुन सक्छ । किनभने यो खेल जापानमा निकै पपुलर छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा नेपालमा तेक्वान्दो खेलको सुरुवात र विकासबारे चर्चा गरियो ।

    नेपालमा तेक्वान्दोका प्रवर्तक चिफ ग्रान्ड मास्टर जेके शिनले लेखेको ‘रूट अफ तेक्वान्दो नेपाल’ संस्मरणात्मक तस्बिर पुस्तकमा तेक्वान्दोबार इतिहास समेटिएको छ । पुस्तकमा नेपालमा तेक्वान्दोको अधिकारिक सुरुवातमा चिफ ग्रान्ड मास्टर जेके शिनको योगदान र यसमा उनलाई सहयोग गर्ने व्यक्तित्वहरूको भूमिकाबारे चर्चा गरिएको छ ।

    नेपालमा प्रतिबन्धित रहेको तेक्वान्दो खेलको प्रशिक्षण तथा यो खेलले कसरी नेपालमा अधिकारिकता प्राप्त गर्न सफल भएको थियो भन्ने पुस्तकमा रोचक जानकारी दिइएको छ । क्याप्टेन रत्न गुरुङ, क्याप्टेन चन्द्र गुरुङ, ब्रिगेडियर जनरल डा. सुधा सेन मल्ल, लेफ्टिनेन्ट् कर्नेल एकनाथ थापा क्याप्टेन र इन्द्र गुरुङ चिफ ग्रान्ड मास्टर जेके शिनका शिष्यहरू हुन् ।

    नेपालकी प्रथम महिला ब्ल्याक बेल्ट ब्रिगडियर जनरल डा. मल्ल हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने तेक्वान्दो खेलको सुरुवात र विकासका लागि जेके शिनले गरेको योगदान सदैव अविस्मरणीय रहने बताए ।

    ‘ओलम्पिकमा हाम्रो नेपाल पछि परेको अवस्थामा हामीले हाम्रो तयारी तीव्र बनाउनुपर्नेछ । तेक्वान्दोजस्ता विश्व परिवेशमा देशलाई परिचित गराउने खेलहरूको विकासले अझ धेरै पर्यटन नेपालमा भित्रिन सक्दछ,’ उनले भने ।

    पूर्वमन्त्री केशरबहादुर विष्टले जेके शिन नै नेपालको आधिकारिक तेकवान्दो स्थापक रहेको बताए । नेपाल तेक्वान्दो एसोसिएसनका उपाध्यक्ष एवं पूर्वमन्त्री किसान श्रेष्ठले यस खेलको विकासका लागि आफ्नोतर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

    चिफ ग्रान्ड मास्टर जेके शिनले नेपालमा मार्सल आट्र्सले जीवनलाई सधैँ ताजा र जीवन्त राख्ने सन्देश दिए । उनले तत्कालीन समयमा जुन स्तरमा तेक्वान्दो खेलको गुणस्तर विकास भएको थियो, त्यसमा आएको ह्रासप्रति चिन्ता ब्यक्त गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष ३ २०७९१२:२१:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend