आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मेस्सीको न्यायका लागि पनि अर्जेन्टिनाले विश्वकप जित्नै पर्छः कांग्रेस युबा नेता महर्जन

मेस्सीको न्यायका लागि पनि अर्जेन्टिनाले विश्वकप जित्नै पर्छः कांग्रेस युबा नेता महर्जन

  • मिडिया डबली
  • आइतवार, पौष ३ २०७९

  • 6.6K
    SHARES

  • मेस्सीको न्यायका लागि पनि अर्जेन्टिनाले विश्वकप जित्नै पर्छः कांग्रेस युबा नेता महर्जन

    काठमाडौं - नेपाली कांग्रेसका प्रदेश सांसद मीनकृष्ण महर्जनले लियोनल मेस्सीले न्याय पाउन पनि अर्जेन्टिनाले विश्वकपको उपाधि जित्नै पर्ने बताएका छन् ।

    बागमती प्रदेश सभा सदस्य महर्जन आफैं पनि पूर्वकराँते खेलाडी हुन् । जसरी म्याराडोनाले दुईपटक विश्वकप जिताएर देशको शान र प्रतिष्ठा बढाए, यसपटक मेस्सीमा त्यो जिम्मेवारी रहेको उनको भनाइ छ ।

    ‘मेस्सीको यो विश्वकप फुटबल अन्तिम विश्वकप रहेको कारण उनको मान, सम्मान र प्रतिष्ठाका लागि भए पनि विश्वकप अर्जेन्टिनाले जित्नै पर्छ,’उनले भने । जारी विश्वकपमा विश्वभरिका करोडौं फुटबल प्रेमीहरुको नजर अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीप्रति रहेको उनले बताए ।

    कराँतेका पूर्वरेफ्रीसमेत रहेका महर्जन मेस्सीका प्रशंसकसमेत हुन् । ‘अहिलेको विश्वकप फुटबलको उत्कृष्ट खेलाडी र १ नम्बरका खेलाडी भनेकै मेस्सी नै हो । उनीसँग अरु खेलाडीहरु तुलना गर्न मिल्दैन । मेस्सीले फुटबल जगतमा छुट्टै इतिहास कायम गरेका छन् । धेरैपटक विश्वकै सर्वोकृष्ट खेलाडी घोषणा भइसकेका छन्,’ महर्जनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष ३ २०७९११:०६:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend