काठमाडौं–गायक राजेशपायल राईले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई विश्वेश्वरप्रसाद कोईरालासँग तुलना गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महामन्त्री शर्मामा विश्वेश्वरप्रसाद कोइरालाका गुण भएको बताएका हुन् ।
उनले कसैले उदाहरण दिँदा विश्वेश्वरप्रसाद कोइराला जस्तो होस् भन्ने गरेको भन्दै विश्वेश्वरप्रसाद कोइरालाको गुण आफूले विश्वप्रकाश शर्मामा पाएको बताए । उनले अन्य नेताहरुले चुनावमा जितेपछि मेरो जित भयो भन्ने गरे पनि शर्माले आफ्नो जित जिल्लाबासीको भएको भन्दै आफूलाई बीपीको रुपमा सिद्ध गरेको बताए । उनले कोही पनि मानिसले भ्रम पालेर बस्नु नहुने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।