आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेलाई अर्को आपत, निर्वाचन आयोगले फेरी गर्यो ताकेता  

एमालेलाई अर्को आपत, निर्वाचन आयोगले फेरी गर्यो ताकेता  

  • मिडिया डबली
  • मंगलवार, मंसिर २७ २०७९

  • 3.6K
    SHARES

  • एमालेलाई अर्को आपत, निर्वाचन आयोगले फेरी गर्यो ताकेता  

    काठमाडौं– निर्वाचन आयोगले नेकपा एमालेलाई सांसदको नाममा भएको त्रुटि सच्याउन पुनः पत्राचार गरेको छ। समानुपातिक पुरानै सूचीलाई कायम गर्न सोमबार एमालेले आयोगलाई जवाफ पठाएपछि समावेशी र प्राथमिकताक्रम मिचेर नाम छनोट गर्न नमिल्ने भन्दै आयोगले मंगलबार पुनः साँझ ५ बजेभित्र सच्याउन पत्राचार गरेको हो।

    साँझ ५ बजेसम्म समय दिएर पत्र पठाइएको आयोगका एक उच्च अधिकारीले बताए। प्रदेश १ र मधेस प्रदेशमा समावेशी र प्राथमिकता क्रम नमिलेको भन्दै आयोगले सच्याउन एमालेलाई सोमबार ४ बजेसम्मको समय दिए पनि उसले पुरानै सूचीलाई कायम गर्न अयोगलाई पत्राचार गरेको थियो।

    एमालेले प्रदेश १ मा आदिवासी जनजाति समूहतर्फको अल्पसंख्यक समूहको प्राथमिकता नम्बर २ मा रहेका उम्मेदवारको नाम सिफारिस नगरी प्राथमिकता नम्बर ३ मा समावेश भएको उम्मेदवारको नाम सिफारिस गरेको थियो। प्राथमिकताक्रम बमोजिम माथिल्लो क्रमको उम्मेदवारको नाम सिफारिस गर्न आयोगले सुझाएको थियो।

    यस्तै, मधेस प्रदेशमा एमालेले अल्पसंख्यक समूहबाट न्यूनतम दुई जनाको नाम सिफारिस हुनुपर्नेमा दलले पेस गरेबमोजिम आयोगबाट स्वीकृत भएको अन्तिम बन्दसूचीमा अल्पसंख्यक समूहमा सूचीकृत एक जनाको नाम मात्र सिफारिस गरेको थियो भने अन्तिम बन्दसूचीमा अल्पसंख्यक समूहमा सूचीकृत नभएको उम्मेदवारको नाम अल्पसंख्यक समूहका रूपमा पेस गरेकाले अन्तिम बन्दसूचीमा अल्पसंख्यक समूहको रूपमा सूचीकृत दुई जना उम्मेदवारको नाम सिफारिस गर्न आयोगले सुझाव दिएको थियो।

    मधेस प्रदेशमै एमालेले मुस्लिम समूहबाट पहिलो नम्बरमा रहेका उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेमा प्राथमिकता नम्बर २ को उम्मेदवारको नाम सिफारिस गरेको भन्दै प्राथमिकता नम्बर १ मा रहेका महिला उम्मेदवारको नाम सिफारिस गर्न आयोगले निर्देशन दिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend